काठमाडौं– डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले वेष्टहामलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम वेष्टहामविरुद्ध लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गर्दा जर्गिन्हो विज्नाल्डमले एक गोल थपे। वेष्टहामका क्राग डावसनले गोल फर्काए। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै तीन गोल गर्दा एक गोल खायो।
खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुलले २–० को अग्रता बनायो। ८४ औं मिनेटमा विज्नाल्डमले गोल गरेपछि लिभरपुलले ३–० को अग्रता बनाएको थियो। तर खेलको ८७ औं मिनेटमा क्रागले गोल गर्दै वेष्टहामलाई ३–१ को स्थितिमा ल्याए। बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले वेष्टहामलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
त्यस्तै, प्रिमियर लिगमै भएको अर्को खेलमा टोटेनहम ब्राइटनसँग १–० ले पराजित भएको छ। लेन्ड्रो टोसार्डले गोल गर्दै टोटेनहमविरुद्ध ब्राइटनलाई जित दिलाए।
यो जितसँगै लिभरपुलले २१ खेलबाट ४० अंक बनाएको छ। पराजित वेष्टहामको भने २१ खेलबाट ३५ अंक छ। लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल चार अंकले पछि छ। सिटीको २० खेलबाट ४४ अंक हुँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।