काठमाडौं- विभागीय टिम नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा जित निकालेको छ। आइतबार भएको खेलमा पुलिसले रौतहटलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले चन्द्रपुरविरुद्ध सहज जित निकालेको हो। पुलिसलाई जिताउन निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले गोल गरे।
यता, चन्द्रपुरकी सविता राना मगरले गोल फर्काइन्। खेलको २७औं मिनेटमा निर्मलाले गोल गर्दै पुलिसलाई १–० गोलको अग्रता दिलाइन्। त्यस्तै, खेलको ३९औं मिनेटमा चन्द्रपुरकी सविताले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याइन्।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। ५०औं मिनेटमा निरुले गोल गर्दै पुलिसलाई २–१ गोलको अग्रता दिलाइन्। अतिरिक्त समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ गोलको जित दिलाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।