काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट स्रोत नखुलेको १० लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं-१४ कलंकीका आशित खाती क्षेत्री छन्।
नेपाल एयरलाइन्सको उडानद्वारा दुबई जान लागेको उनको कालो रंगको सुटकेसमा राखेको नगद १० लाखसहित प्रहरीले बार पक्राउ गरेको हो। स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको रकम अवैध रुपमा विदेश लैजान लागेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान र कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।