भक्तपुर- निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार भक्तपुरमा एक मजदुरको मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–६ कुण्डोल बस्ने ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो।
खसेलगत्तै अन्य मजदुरले उपचारका लागि मध्यपुर अस्पतालमा लैजाँदा उपचारका क्रममा मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।