काठमाडौं- सहिद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ। वडा नं १९ को करिब ६ लाख रूपैयाँको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए।
प्याफल चोक सहिद गङ्गालालको पुर्ख्यौली थलो हो। बाबु आमाको जागिरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उनको स्थायी ठेगाना प्याफल चोक नै भएको वडा कार्यालयले जनाएको छ।
प्याफल चोकमा गङ्गालालको शालिक अनावरणपछिको सभामा वडाध्यक्ष शशीलाल श्रेष्ठले सो चोकलार्ई गङ्गालालको नामबाट गङ्गालाल चोक घोषणा गरे।
शालिक राख्न नभई राम्रो काम गरेर गङ्गालाल सहिद भएकाले त्यही बाटो अनुशरण गर्नसमेत उनले आह्वान गरे। गङ्गालाल क्लबका अध्यक्ष अशोकमान बज्राचार्यले देशका लागि जीवन समर्पण गर्ने महान शहीदको राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।