काठमाडौं- पर्साको बहुदरमाई नगरपालिका–८ का ९ वर्षीय बालक राजन पटेलको हत्याको कारण समलैंगिक संसर्ग भएको प्रहरी अनुसन्धानले देखाएको छ।
हत्या आरोपमा सोही नगरपालिका–२ का १९ वर्षीय रेयन महतो कम्कर पक्राउ परेपछि हत्याको कारण समलैंगिक संसर्ग भएको खुलेको हो। २०७३ भदौ २० गते वीरगञ्ज उपमहानगरपालिका–१४ स्थित् चिनीमिल आवास क्षेत्रमा रहेको झाडीमा बालक पटेलको शव फेला परेको थियो।
शवको अवस्था हेर्दा हत्याको कारण समलैंगिक संसर्ग हुनसक्ने विश्लेषण गरेर प्रहरीले अभियुक्त पहिचानको काम सुरु गरेको थियो। सोही क्रममा ५ महिनापछि बालक पटेलको हत्या आरोपमा रेयन पक्राउ परेका हुन्।
पक्राउ परेका रेयनले समलैंगिक संसर्ग गरेको र उक्त कुरा खुल्ने डरले घाँटी थिची हत्या गरेको बयान दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।