काठमाडौं- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले साढे २३ लाख रुपैयाँ र खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
ब्यूरोले मंगलबार धादिङ खनियावास गाउँपालिका–४ भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने बर्ष ३१ को मनिष भन्ने दुर्गा सिहं तामाङलाई उक्त पक्राउ गरेको हो।
लागू औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले टोखाको रमणबस्तीबाट तामाङ पक्राउ गरेको हो उनको तामाङबाट २३ लाख ४० हजार नगद, २५.२ ग्राम खैरोइन र खैरो हिरोइन तौल गर्ने डिजिटल तराजु र एक वटा मोटरसाइकल बरामद गरेको छ।
उनीसँगै बा ५९ प ५२३८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।