काठमाडौं- असन अन्नपूर्ण नारायण मन्दिरमा पुजारीको रुपमा शहनशीला शर्मा झा नियुक्त भएकी छन्।
गुठी संस्थान शाखा कार्यालय काठमाडौंले बिहीबार नारायण मन्दिरको पुजारीको रुपमा शर्मालाई नियुक्त गरेको हो।
शर्मालाई एक वर्ष परीक्षण कालसहित बढीमा पाँच वर्षका लागि मन्दिरको पुजारीमा नियुक्त गरेको गुठीले जानकारी दिएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पहिलो पटक पुजारीमा नियुक्त भएपछि उनले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताएकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।