काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सर्लाहीस्थित् अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई ठगी आरोपमा पक्राउ गरेको छ।
बुधबार राति कुलेश्वरस्थित् उनैको निवासबाट अग्रवाललाई पक्राउ गरिएको परिसरका एसएसपी अशोक सिंहले बताए। उखु किसानको रकम भुक्तानी नगरेकाले अग्रवाललाई पक्राउ गरिएको हो।
यसअघि पटक-पटक उखु किसान र चिनी मिल सञ्चालकबीच बाँकी रकम दिने सहमति भए पनि किसानले अहिलेसम्म रकम पाउन सकेका छैनन्। रकम पाउनु पर्ने माग राख्दै किसानले काठमाडौं आएर समेत प्रर्दशन गरेका थिए।
रकम दिने सहमति भएपछि घर फर्किएका किसानले भने अझै रकम पाउन सकेका छैनन्। अग्रवालले मात्रै झण्डै ४ करोड रूपैयाँ तिर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।