काठमाडौं- टेकुबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले तीन जनालाई बुधबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका १९ वर्षीय सुशील नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढीका २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खयरमाराका २४ वर्षीय निशान तामाङ छन्।
बा २ ज २०६५ नम्बरको ट्याक्सीमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा लागूऔषध भेटिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुको साथबाट लागूऔषधको रुपमा प्रयोग गर्न लागिएका डाइजापाम, फेनारगन, नुफिन ३०/३० एम्पुल बरामद भएको छ।
नाइट्रोभेट ट्याब्लेट १२३ थान, कोरेक्स २ बोतल र ४ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।