काठमाडौं- हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आज, बिहीबारदेखि सुरु भएको छ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
यसै अवसरमा महिनाभर काठमाडौंको साँखुस्थित् शालिनदीमा ठूलो मेला लाग्ने गर्दछ।
शालिनदी मेलाका लागि पिसिआर अनिवार्य
कोरोना महामारीको जोखिम कम नभएको भन्दै यो वर्ष भने शालिनदी मेलामा सहभागी हुनेहरूका लागि पीसीआर परीक्षण अनिवार्य गरिएको छ। रिपोर्ट नेगेटिभ आए मात्र मेलामा सहभागी गराइनेछ।
श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले आज पहिलो दिन ४९ जनालाई मात्र सहभागी गराएको छ। उनीहरूको मंगलबार पीसीआर परीक्षण गरिएको थियो।
यस्तो देखियो मेलाको पहिलो दिन :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।