काठमाडौं– बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
बार्सिलोनाले पुनरागमन जित निकालेको हो। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र फ्रेन्की डि जोङले गोल गर्दा रायो भालेकानोका फ्रान गार्सियाले गोल गरे।
पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए। तर खेलको दोस्रो हाफमा रायो भालेकानोले गोल गर्दै अग्रता लियो। खेलको ६३ औं मिनेटमा गार्सियाले गोल गर्दै १–० को अग्रता दिलाए।
तर यो अग्रता धेरै बेर टिकेन। खेलको ६९ औं मिनेटमा कप्तान मेस्सीले गोल फर्काउँदै १–१ गोलको बराबरी बनाए। खेलको ८० औं मिनेटमा डि जोङले गोल गरेपछि बार्सिलोनाले रायो भालेकानोविरुद्ध २–१ गोलको पुनरागमन जित निकालेको हो।
त्यस्तै, सेभियाले पनि भ्यालेन्सियालाई ३–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।