• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आयल निगमका कर्मचारीकै मिलेमतोमा एक वर्षदेखि तेल चोरी

64x64
नारायण अधिकारी बिहीबार, माघ १५, २०७७  ०९:००
1140x725

काठमाडौं- नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) का कर्मचारीसँग मिलेर दुई वटा तेल ट्यांकरले एक वर्षदेखि तेल चोरी गरेर बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको दुई महिना लामो अनुसन्धानबाट निगमका कर्मचारीकै मिलेमतोमा विगत एक वर्षदेखि तेल चोरी भइरहेको खुलेको हो।

ट्यांकर चालकबाट सुरु भएको अनुसन्धानले नेपाल आगल निगमका कर्मचारीदेखि इन्डियन आयल कर्पोरेसन (आईओसी) का कर्मचारी, ट्यांकर कम्पनीका कर्मचारीसम्मको मिलेमतो रहेको पाइएको सिआइबीका निर्देशक, डीआइजी सहकुलबहादुर थापाले बताए। 

वीर वेताल आशिर्वाद प्रालिको ना ७ ख २९९५ नम्बरको ट्यांकरका चालक, बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ का ३५ वर्षीय अजय लामा, ना ७ ख ३६९६ ट्यांकरका चालक, अजयका भाइ २८ वर्षीय दिपेश भन्ने विकेश लामाबाट तेल चोरी भएको आशंकामा सिआइबीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानले त्यसमा निगमकै कर्मचारीको मिलेमतो देखाएको हो।

चालक दाजुभाइसँगै पर्साको विन्दवासिनी गाउँपालिका-४, मधवल बस्ने बर्ष ४४ का मुन्सी भन्ने उमेश कुमार पाण्डेय (वीर वेताल आशिर्वाद प्रालिका सहायक व्यवस्थापक), बाराको जितपुर सिमरा-२१ का २३ वर्षीय प्रताप बहादुर पुलामी मगर (ना७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), चितवनको राप्ती नगरपालिका-४, भवानीपुर बस्ने वर्ष १९ का पुड्के भन्ने राज परियार (ना ७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालक), बाराको जितपुर सिमराका २३ वर्षीय संजित परियार (ना ७ ख २९९५ नम्बरको ट्यांकरका सहचालक), नेपाल आयल निगमको वीरगञ्ज शाखामा सहायक प्रबन्धक रहेका रंजित कापरी (क्यालिब्रेसन जाँच गर्ने) लाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ।

तेल चोरीको आशंका भएपछि नेपाल आयल निगमले ट्यांकरको क्यालिब्रेसन जाँच गर्ने निर्णय गरेको थियो। क्यालिब्रेसन जाँचबाट ट्यांकर/टंकहरुको क्षमता नाप गरिन्छ। क्यालिब्रेसन जाँच नेपालमा छैन। 

वीर वेताल प्रालिकै प्रबन्ध सञ्चालक र मुख्य व्यवस्थापक भोजराज भट्ट र सज्जन व्यन्जनकार भने अहिलेसम्म फरार भएकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै सिआइबीले मुद्दा दर्ता गरेको छ। 

योसँगै तेल चोरी प्रकरणमा आईओसीका दुई कर्मचारीसहित चार जना भारतीय नागरिकको समेत संलग्नता रहेको पाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ट्यांकरमा फल्स चेम्वर जडान गर्ने र फल्स चेम्बरको पेट्रोलियम पदार्थ खरिद गर्ने भारतीय दाजुभाइ साजन खान, उमेर खान र आईओसी रक्सौलमा कार्यरत कर्मचारी सुकदेव मण्डल र सशांक कुमार पनि तेल चोरी प्रकरणमा तानिएका छन्। 

आईओसीका कर्मचारी मण्डल र कुमारले मिलेमतोमा फल्स चेम्बर बनाएर तेल चोरी गरेको ट्यांकरको क्यालिब्रेसन जाँच गरेर ठिक रहेको विवरण दिएको पाइएको निर्देशक थापाले नेपाल लाइभलाई जानकारी दिए। उनीहरुको हकमा भने पछि खुल्दै गरेको बेला मुद्दा दर्ता हुने उल्लेख गरेर मुद्दा दर्ता गरिएको छ।

दुई महिना लगाएर गरेको अनुसन्धान सिआइबीबाट सरकारी वकिल हुँदै अहिले काठमाडौं जिल्ला अदालतमा पुगेको छ। 

२०३ लिटर पेट्रोल जरिवाना हुँदा नखुलेको चेत
ना ७ ख ३६९६। चलानी नम्बर २०२१२३२३ एम ००६१५४। २०७७ मंसिर ३ गते वीर वेताल आर्शिवाद ढुवानी सेवा प्रालिका नाममा दर्ता भएको यो ट्यांकरले नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय अन्तर्गत् थानकोट डिपोमा गत मंसिर ३ गते तेल खन्यायो। 

Xtrem

Xtrem

यो ट्यांकर निगमको शंकाकै घेरामा थियो। किनभने यसअघि असोज १३ गते कम तेल भएको पाइएपछि यो जरिवानामा समेत परेको थियो। असोज १३ गते शंका लागेर पानी हालेर जाँच गर्दा २९ पोइन्ट कम देखाएको थियो। २९ पोइन्टमा ९० लिटर तेल हुन्छ। दोब्बरभन्दा बढी जरिवाना तिराउन सकिने कानूनी प्रावधान अनुसार त्यसबेला ३६९६ लाई २०३ लिटर पेट्रोल बराबरको जरिवाना तिराइएको थियो।

पुनः शंका लागेर मंसिर ३ गते २० किलोलिटर पेट्रोल खाली गरेर चेम्बर खोली हेर्दा ३ र ४ नम्बर डिब्बाको बिच भागमा फल्स चेम्बर बनाएको पाइएको थियो। 

यो ट्यांकरसँगै आएको सोही कम्पनीको अर्को ना ७ ख २९९५ नम्बरको ट्यांकरले पनि सोही अनुसार फल्स चेम्बर बनाएको पाइएको थियो। इन्डियन आयल कर्पोरेसन, बैरानी, भारतबाट तेल लिएर आएका यी दुई ट्यांकरमा फल्स चेम्बर बनाएको पाइएपछि शंकाको घेरामा परेका थिए।  

यी दुई ट्यांकरका चालक लामाद्वयलाई बोलाएको बेला उपस्थित हुन आउनू भन्दै त्यसबेला निगमले छाडेको थियो।

नेपाल र इन्डियन आयल निगमकै कर्मचारीको मिलेमतो
तेल चोरीको आशंका भएपछि नेपाल आयल निगमले ट्यांकरको क्यालिब्रेसन जाँच गर्ने निर्णय गरेको थियो। क्यालिब्रेसन जाँचबाट ट्यांकर/टंकहरुको क्षमता नाप गरिन्छ। क्यालिब्रेसन जाँच नेपालमा छैन। 

नेपाल आयल निगमले ट्यांकरहरुको क्यालिब्रेसन जाँच भारतको रक्सौल र बैरानीमा गराउँदै आएको छ। सामान्यतया एउटा ट्यांकरको क्यालिब्रेसन जाँच एक वर्षमा एक पटक हुने गर्छ। शंका लागेको बेला भने निगमले जुनसुकै समयमा पनि क्यालिब्रेसन गर्न सक्छ।

यी दुई ट्यांकरमाथि पनि शंका लागेपछि निगमले क्यालिब्रेसन जाँच गर्ने निर्णय गरेको थियो। निगमको वीरगञ्ज शाखाका सहायक प्रबन्धक रञ्जित कपडीलाई रक्सौल गएर यी दुई ट्यांकरको क्यालिब्रेसन जाँच गर्ने जिम्मा दिइएको थियो।

क्यालिब्रेसन जाँच गर्दा निगमका प्रतिनिधिसँगै ट्रकका प्रतिनिधि, इन्डियन आयल निगमका प्रतिनिधिसम्म हुन्छन्।

वीर वेताल आर्शिवादका दुई ट्यांकरमार्फत् अहिलेसम्म झण्डै साढे २१ लाख रूपैयाँ बराबरको तेल चोरी भएको पाइएको छ। ना ७ ख ३६९६ नम्बरको ट्यांकरले फल्स चेम्बर बनाइसकेपछि २० पटक र ना ७ ख २५९५ नम्बरको ट्यांकरले एकपटक तेल चोरी गरेका थिए।

एनओसीका तर्फबाट कपडी थिए भने आईओसीका तर्फबाट सुकदेव मण्डल र सशांक कुमार। तर, मिलेमतोमा उनीहरुले यी दुई ट्यांकरको क्यालिब्रेसन जाँच सही भएको रिपोर्ट दिएको पाइएको सिआइबीका एक अनुसन्धान अधिकृतले नेपाल लाइभलाई बताए।

‘फल्स चेम्बर बनाएर एक ट्यांकरमा झण्डै एक हजार लिटरसम्म तेल लुकाउने गरेको थाहा हुँदाहुँदै पनि मिलेमतोमा क्यालिब्रेसन जाँच पास गराएको पाइयो’, ती अधिकृतले भने। कपडीले भने एनओसीका कर्मचारी सुकुदेव मण्डलले क्यालिब्रेसन जाँच गरेकाले आफूलाई कुनै जानकारी नभएको दाबी गरेका छन्। 

अर्कोतर्फ एउटा ट्यांकरको क्यालिब्रेसन जाँच गर्न १० हजार रूपैयाँ लाग्ने भए पनि कपडले २० हजारदेखि ४० हजार रूपैयाँसम्म बुझ्ने गरेको अनुसन्धानले देखाएको छ।

अनि बन्यो फल्स चेम्बर
दिपेश भन्ने विकेश लामाले २०७४ वैशाखदेखि ना ७ ख ३६९६ नम्बरको ट्यांकर चलाउन सुरु गरेका थिए। मासिक १२ हजार रूपैयाँ तलबमा ट्यांकर चलाउन सुरु गरेका लामाको भेट जब भारतीय नागरिक साजन खानसँग भयो, त्यसपछि उनले छोटो समयमै मालामाल हुने सपना देखे।

‘त्यसबेला नाम थाहा नभएका व्यक्तिले ९१७५४२९८५ ... नम्बरमार्फत् मलाई फोन गरेर भेटघाट गरेपछि उनैले अर्को व्यक्तिलाई पनि भेट गराए। त्यसपछि फल्स चेम्बर बनाएर तेल चोरी गर्ने योजना बन्यो’, विकेशले बयानमा भनेका छन्। विकेशलाई त्यसबेला फोन गर्ने व्यक्ति थिए, साजन खान र उनका भाइ उमेर खान। 

गत वर्षको फागुन ३ गते बरानीमै ट्यांकरको ३ र ४ नम्बर डिब्बामा फल्स चेम्बर बन्यो। विकेशले खान दाजुभाईलाई ४० हजार रूपैयाँ तिरे।

‘कसैले थाहा नपाउने गरी फल्स चेम्बर जडान गरिदिन्छौं। तेल फेरि हामीहरुले भारतमा नै अनलोड गर्ने हो। तेलको पैसा पाइहाल्छौं भनेपछि फल्स चेम्बर जडान गरेको हो’, विकेशको बयान छ।

फल्स चेम्बर बनाएपछि उनले खुरुखुरु तेल बोकिरहे। यसको सुइँको कसैले पाएन। त्यसपछि चोरीको जुक्ति विकेशले आफ्ना दाई अजयलाई सुनाए। अजयले पनि आफूले चलाउने ट्यांकरमा गत कात्तिकमा खान दाजुभाइलाई नै बैरानीमा फल्स चेम्बर जोड्न लगाए।

साढे २१ लाखको तेल चोरी
वीर वेताल आर्शिवादका यी दुई ट्यांकरमार्फत् अहिलेसम्म झण्डै साढे २१ लाख रूपैयाँ बराबरको तेल चोरी भएको पाइएको छ। ना ७ ख ३६९६ नम्बरको ट्यांकरले फल्स चेम्बर बनाइसकेपछि २० पटक र ना ७ ख २५९५ नम्बरको ट्यांकरले एकपटक तेल चोरी गरेका थिए।

ना ७ ख ३६९६ नम्बरको ट्यांकरमा बनाएको फल्स चेम्बरमा ९८१ लिटर तेल रहन्छ। यो ट्यांकरले बैरानीबाट एक खेप पेट्रोल काठमाडौं ल्याएर फर्कँदा ९८१ लिटर भने उसको फल्स चेम्बरमै रहन्छ। 

 

दुई ट्यांकरले तेल चोरेको विवरण।

२० पटकमा ९८१ लिटरका दरले २० लाख ८ हजार १ सय ७ रूपैयाँ बराबरको तेल ना ७ ख ३६९६ नम्बरको ट्यांकरमार्फत् चोरी भएको पाइएको सिआइबीको अनुसन्धानले देखाएको छ। 

त्यसैगरी ना ७ ख २५९५ नम्बरको ट्यांकरले भने एक पटक मात्र तेल चोरी गर्न भ्याएको छ। १०८३ लिटर फल्स चेम्बर क्षमता रहेको यो ट्यांकरले १ लाख १५ हजार ८ सय १० रूपैयाँ बराबरको तेल चोरी गरेको पाइएको छ। यी दुबै ट्यांकरले त्यसबेलाको पेट्रोलको मूल्य अनुसार २१ लाख २३ हजार ९ सय ८८ रूपैयाँ बराबरको तेल चोरी गरेर बेचेका थिए।

ट्ंयाकर कम्पनीलाई पहिल्यै जानकारी
ना ७ ख ३६९६ नम्बरको ट्यांकरका सहचालकको रुपमा २०७६ असोजदेखि प्रतापबहादुर पुलामी मगरले काम गरेका थिए। उनले मासिक २ हजार रूपैयाँ बुझ्थे।

फल्स चेम्बर बनाएर चोरी गरिएको तेल भारत लगेर बेचेपछि प्रतिट्रिप भने उनले ५ हजार रूपैयाँका दरले बुझ्दै आएका थिए। गत असोजबाट उनले काम छाडे। एक वर्ष काम गर्दा मासिक २ हजार रूपैयाँका दरले २४ हजार रूपैयाँ हुनुपर्नेमा उनले ७ हजार रूपैयाँ मात्रै बुझेका थिए। १७ हजार रूपैयाँ लिन बाँकी नै थियो।

भारतबाट नेपाल ल्याइपुर्‍याएको तेल पुनः भारतमै लगेर बेच्दै आएको खुलेको छ। फल्स चेम्बरमार्फत् चोरी गरिएको तेल भारत पुर्‍याएपछि २० हजारदेखि ५० हजार भारतीय रूपैयाँमा बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

तिहारको लक्ष्मी पूजाको दिन बाँकी १७ हजार रूपैयाँ दिन भन्दै उनले चालक विकेशलाई फोन गरे। तर, विकेशले रकम दिन आलटाल गरे। त्यसपछि ट्यांकरका सहायक व्यवस्थापक मुन्सी भनिने उमेश पाण्डेयलाई फोन गरी विकेशले तलब नदिएको विषय जानकारी गराएका थिए।

‘मुन्सीलाई मैले फल्स चेम्बर बनाएर तेल चोरी गरेको घटना आयल निगमलाई भन्दिछु भनेर फोन गरेँ’, पुलामीले बयानमा भनेका छन्, ‘त्यसपछि मुन्सीले कति नम्बर डिब्बामा फल्स चेम्बर बनाएको भनेर सोधे। मैले ३ र ४ नम्बरमा भन्दिएँ।’

पुलामीले यति भनेको केही समयमै बाँकी रहेको १७ हजार रूपैयाँ पाएका थिए। तर, फल्स चेम्बर बनाएर तेल चोरी गरेको जानकारी दिँदा समेत ट्यांकर कम्पनीले निगम, प्रहरी कसैलाई जानकारी गराएन। अनुसन्धानका क्रममा यी कुरा खुलेपछि सिआइबीले वीर वेताल आशिर्वाद प्रालिसहित उसका कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेको हो।

भारतबाट नेपाल ल्याएको तेल फेरि भारत लगेर बिक्री
यसरी भारतबाट नेपाल ल्याइपु
र्‍याएको तेल पुन: भारतमै लगेर चालक दाजुभाइले भारतीय खान दाजुभाइलाई बेच्दै आएका थिए। फल्स चेम्बरमार्फत् चोरी गरिएको तेल भारत पुर्‍याएपछि उनीहरुले खान दाजुभाइलाई नै २० हजारदेखि ५० हजार भारतीय रूपैयाँमा बेच्दै आएका थिए।

यसवापत सहचालकलाई प्रतिट्रिप ५ हजार रूपैयाँ दिने गरिएको थियो।

प्रहरीले उनीहरुविरुद्ध संगठित ठगीको कसुरमा मुद्दा दर्ता गराएको छ। उनीहरुविरुद्ध १० वर्षसम्मको कैद सजाय माग गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्