• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मंसिर ४ को निर्णयप्रति वामदेवको पछुतो

64x64
किशोर दहाल बुधबार, माघ १४, २०७७  १८:३५
1140x725

काठमाडौं- नेकपा सचिवालयका केही महत्त्वपूर्ण बैठकहरुमा पर्छ- २०७६ मंसिर ४ को सचिवालय बैठक। बैठकले मुख्यतः पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यकारी अधिकार प्रदान गर्ने र केपी शर्मा ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै पार्टी एकताअघि ओली र प्रचण्डबीच भएको गोप्य सहमति निष्क्रिय भयो। जहाँ, उनीहरु दुईबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो।

केही समयदेखि पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र विग्रहलाई स्थगित गर्न सो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको थियो। आलोपालोको सहमति छाड्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएका प्रचण्डले नै कार्यकारी अधिकार पाएरै सन्तुष्टि व्यक्त गरेपछि नेकपा एकताको नयाँ आधार तयार भएको ठानियो। तर, केही हप्तामै ओलीले आफू नै एक नम्बर अध्यक्ष भएको भन्दै प्रचण्डको 'तेजोबध' गरिदिए।

नेकपाभित्रको विवाद त्यसपछि थप तीव्र हुँदै थियो। २०७७ पुसपछि भने अनौपचारिक विभाजन भइसकेको छ। फरक पार्टीको अभ्यास पनि सुरु भइसकेको छ। तर, अझै पनि एकता कायम राख्न सकिन्छ भन्ने विश्वासका साथ वामदेव गौतम भने प्रयास गरिरहेका छन्। बुधबार उनले आफ्नो अभियान नै घोषणा गरेका छन्। उनले मंसिर ४ गतेको सोही निर्णयबाट नै नेकपा विभाजनको बिउ रोपिएको बताएका छन्।

प्रचण्ड खुसी भए, ओलीले हतारमा निर्णय गराए
बुधबारको कार्यक्रममा गौतमले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन आफूहरुले निकै लडेको बताए। बाहिर प्रचार नभए पनि पार्टीभित्र संघर्ष तीव्र भएको उनको भनाइ छ। 'पोहोर साल मंसिर ४ गतेको सचिवालय बैठकबाट प्रचण्डको अध्यक्षताको अगाडि कार्यकारी भनेर थपिदियौं। त्यो हाम्रो लडाइँको विजय थियो। अन्तरपार्टी संघर्षमा हामीले प्राप्त गरेको एउटा सफलता थियो', गौतमले भने।

कार्यकारी अधिकारका लागि प्रचण्ड लामो समयदेखि सार्वजनिक रुपमै बोल्न थालेका थिए। उनले २०७५ जेठ २ मा गरिएको गोप्य सहमतिमा उल्लेखित आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिको विभिन्न अन्तर्वार्तामा चर्चा गरेर आफूलाई कार्यकारी अधिकारको दाबी गर्न थालेका थिए। जुन २०७५ मंसिर ४ गतेको सचिवालय बैठकबाट पूरा भयो।

निर्णय भएपछि प्रचण्ड एकदम खुसी भएको गौतमको भनाइ छ। 'उहाँको अनुहार एकदम भावुक भयो, उहाँलाई केके न भएजस्तो भयो', प्रचण्डलाई उद्धृत गर्दै गौतमले भने, 'केपी ओलीजी, यो प्रचण्ड प्रधानमन्त्री भएर प्रचण्ड भएको होइन। दुई पटक प्रधानमन्त्री भइसकेको छु। मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन। मैले कार्यकारी भएर काम गर्न पाउने भएँ। पार्टी एकताको बेलामा हाम्रो आलोपालोको सहमति भएको थियो, त्यो परित्याग गरिदिएँ। त्यसअनुसार मैले प्रधानमन्त्री बन्न पाउने आधा समय पनि तपाईंलाई नै मैले दिएँ।'

गौतमले थप रोचक विषय आफ्नो सम्बोधनमा प्रस्तुत गरे। उनले भने- 'अरु बेलामा निर्णय टिप्ने अनि पछि मिलाएर लेख्ने भन्ने हुन्छ। तर त्यसबेला केपीले महासचिवलाई 'यो पनि निर्णय गरिहाल्नुस्, लेखिहाल्नुस्' भन्नुभयो।'

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी विभाजनको बिउ
प्रचण्डले त्यसरी आलोपालोको सहमति छाड्न हुँदैनथ्यो भन्ने गौतमको भनाइ छ। 'पार्टी एकताको सबैभन्दा महत्त्वपूर्ण पक्ष आलोपालो नै हो। किनकि त्यो नहुँदासम्म एकता हुँदै भएन', उनले भने।

प्रचण्डले खुसी भएर आलोपालो छाडे पनि ओलीले त्यसलाई स्वीकार गर्न हुँदैनथ्यो भन्ने गौतमको भनाइ छ। 'ओलीले आफूलाई संरक्षण गर्न सक्ने क्षमता भएको अभिभावक ठान्नुहुन्थ्यो भने जवाफ दिनुपर्थ्यो- यो आलोपालो एकताको आधार हो। तपाईंले छाडेर मैले लिनुहुन्न। पार्टी एकीकरण पूरा नहुँदै तपाईंले आलोपालोको सहमति छोड्नुभयो भने एकता हुन सक्दैन, एकता अघि बढ्दैन। आलोपालोमा तपाईं बसिदिनुस्, तपाईंको हिस्सा मैले दिन्छु, छोड्छु', गौतमले थपे, 'तर, केपीले भन्नुभएन।'

गौतमले सोही दिनपछि नै पार्टी विभाजनको बिउ रोपिएको बताए। 'त्यसपछि तलमाथि तलमाथि हुँदैहुँदै आउँदा हामी यस्तो ठाउँमा पुग्यौं कि हामीले यो विभाजनलाई रोक्न सकेनौं', उनले भने।

मंसिर ४ गतेको सचिवालयको बैठकमा केही साथीहरु भित्रभित्र रिसाएको र केही भने खुसी भएको उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गौतमको पछुतो
गौतमले आफूहरुले लडाइँ गरेर, निरन्तर-निरन्तर संघर्ष गरेर कार्यकारी ल्याएको दाबी गर्न भुलेनन्। तर, प्रचण्डले खुसी भएर आलोपालोको सहमति छाड्ने बताएपछि आफू पनि खुट्टा कमाएर बसिराखेको गौतमको भनाइ छ। तर त्यसलाई आफ्नो गल्ती ठान्छन्, उनी। त्यतिबेला आफूहरुले प्रतिवाद गर्नुपर्थ्यो भन्ने उनलाई लागेको छ।

'कमरेड प्रचण्ड, तपाईंले छोड्न पाउनुहुन्न। यो हाम्रो एकताको आधार हो। यो एकताको आधारलाई मैले छाडिदिएँ भनेर तपाईंसँगै आएका सबै नेता, सबै कार्यकर्ता तयार हुन्छन्? यो आधार त सिंगो पार्टीको, पूर्व एमाले र पूर्व माओवादी केन्द्र, यिनीहरुको बीचमा भएको हो र तपाईं त त्यसको एउटा प्रतिनिधि पात्र हो', आफूले त्यतिबेला यी कुरा भन्नुपर्ने रहेछ भन्दै गौतमले थपे, 'तर म बोल्न सकिनँ। भित्रभित्र रिस मात्रै उठ्यो मलाई। मलाई प्रचण्डले यस्तो गर्नुहोला भन्ने लागेकै थिएन।'

प्रचण्डले पछि गएर आफूलाई त्यतिबेला आलोपालो सहमति छाड्नु गल्ती भएको भनेर बताएको गौतमको भनाइ छ। तर त्यतिबेला आफू बेस्सरी रिसाएको उनले बताए। 'म उसबेला नै रिसाएको भए हुन्थ्यो। यो एकता भंग हुने थिएन। तर यसबेला रिसाएर के गर्ने?', उनको पछुतो छ, 'तैपनि मैले 'तपाईंले नगर्नु काम गर्नुभयो त्यसबेला, हामी सबैको भावनामा ठूलो चोट पुर्‍याउनुभयो, आज तपाईंले भनिरहनुभएको छ, यो भनेर के हुन्छ?' भनेर भनियो।'

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्