काठमाडौं– नेपालका युवा स्पिनर सन्दीप लामिछानेले शनिबार आइपिएलमा डेब्यू गरेपछि प्रशंसा बटुलिरहेका छन्। बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका सन्दीपले ४ ओभर बलिङ गर्दा १ विकेट लिँदै खेललाई यादगार बनाए।
नेपालको तर्फबाट आइपिएल खेल्ने पहिलो खेलाडीको इतिहास बनाएका सन्दीपले विश्वकै उत्कृष्ट ब्याट्सम्यानद्वय विराट कोहली र एबी डि भिलियर्स विरुद्ध बलिङ गर्ने समेत मौका पाए।
खेलपछि अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले सन्दीपको अन्तर्वार्ता लिए। क्लार्क उनै हुन् जसले सन्दीपलाई अस्ट्रेलियामा क्रिकेट खेल्ने मौका दिएका थिए। सन्दीपको हरेक खेल पछ्याउने क्लार्कले उनको प्रशंसामा 8िक सञ्जालमा लेख्ने गरेका छन्।
शनिबार सन्दीपलाई अन्तर्वार्ता लिने क्रममा क्लार्कले सवैभन्दा पहिला दिल्ली हार्दा दुखी भएपनि डेब्यू गर्दा खुसी भएको हुनुपर्छ भनेर प्रश्न गरेका थिए। जवाफमा सन्दीपले दिल्ली हार्दा दुखि भएपनि दिल्लीबाट बलिङ गर्न पाउँदा खुसी लागेको बताए। उनले आगामी खेलमा अझ राम्रो खेल्न कोशिस गर्ने जवाफ दिए।
सन्दीपले आफुलाई देश र विदेशबाट धेरै शुभकामना सन्देश आइरहेको बताए। डेब्यूमा धेरै कुरा सिकेको तथा उत्कृष्ट खेलाडीसँग खेल्न पाउँदा खुसी लागेको सन्दीपको भनाइ थियो।
क्लार्कले नेपालमा रहेका परिवार तथा प्रशंसकले गर्व गरिरहेको भनेर भूमिका बाध्दै सन्दीपले कडा मिहिनेत गरेको बताएका थिए।
क्लार्कले १ नम्बरको जर्सी छनोट गर्नुको कारण बारे सन्दीपलाई प्रश्न सोधेका थिए। सन्दीपले आफ्नो रोजाईको २५ नम्बरको जर्सी नपाएपछि १ नम्बरको जर्सी छानेको बताए। जवाफमा क्लार्कले राम्रो छनोट भनेका थिए।
त्यसपछि क्लार्कले आइपिएलबाट के कुरा सिक्यौ भनेर प्रश्न गरे। जवाफमा सन्दीपले धैर्यता र शान्त हुन सिकाएको बताए। सन्दीपले दवाबलाई व्यवस्थापन गर्दै अझ अघि बढ्नु पर्ने बताए।
यस्तै क्लार्कले विश्वकै उत्कृष्ट ब्याट्सम्यानद्वय विराट कोहली र एबी डि भिलियर्स विरुद्ध बलिङ गर्दाको अनुभव सोधे। जवाफमा सन्दीपले विश्वका उत्कृष्ट ब्याट्सम्यान विरुद्ध बलिङ गर्नु ठूलो अवसर पाएको बताए। उनले दुवै ब्याट्सम्यानविरुद्ध बलिङ गर्दा धेरै सिकेको समेत बताए। उनले भने, 'उनीहरु विरुद्ध बलिङ गर्दा इन्जोए गरेको थिए।'
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।