• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बुधबार सुरु हुँदैछ कोभिड-१९ विरुद्धको खोप अभियान, यी हुन् देशभरका खोप केन्द्र

64x64
नेपाल लाइभ बुधबार, माघ १४, २०७७  १०:१५
1140x725

काठमाडौं - आज देशभरका ६६ जिल्लामा कोभिड-१९ विरुद्दको खोप अभियान सञ्चालन हुँदैछ। त्यसका लागि १२० भन्दा बढी खोप केन्द्र तोकिएको छ ।

सरकारले पहिलो चरणको खोप अभियान अन्तर्गत देशभरका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मीलगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउँदै छ। 

पहिलो चरणमा  दुई लाख बढी स्वास्थ्यकर्मीसहित करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने सरकारको तयारी छ।

आज १० बजे प्रधानमन्त्री केपी शर्मा ओलिले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्दैछन्।

सरकारले भारतको सेरम इन्स्टिच्यूट कम्पनीले बनाएको कोभिसिल्ड खोप लगाउँदै छ। भारतले नेपाललाई अनुदान सहयोग स्वरुप १० लाख डोज  खोप उपलब्ध गराएपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभर हालसम्म  २ लाख ७० हजार ९२ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यसमध्ये  २ लाख ६४ हजार ८ सय २३ जना निको भइसकेका छन्।

हालसम्म २ हजार १७ जना संक्रमितको मृत्यु भएको छ।

Ncell 2
Ncell 2

कहाँ कहाँ छन् खोप केन्द्र?

प्रदेश- १
प्रदेश १ मा १४ जिल्लामा २४ वटा खोप केन्द्र तोकिएको छ। प्रदेश- १ ले झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुरमा १४ गते,  पाँचथर, ताप्लेजुङ्ग, खोटाङ, ओखलढुंगामा १५ गते र सोलुखुम्बु र संखुवासभामा १६ गते खोप अभियान सञ्चालन गर्ने तालिका तय गरेको छ। प्रदेश १ मा ३५ हजार जनालाई खोप लगाइनेछ।

झापामा मेची अस्पताल, दमक अस्पताल र बिर्तामोड अस्पतालमा खोप केन्द्र तोकिएको छ। मोरङमा कोशी अस्पताल, रंगेली अस्पताल, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा खोप केन्द्र तोकिएको छ।

सुनसरीमा    इनरुवा अस्पताल, इटहरी अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप केन्द्र तोकिएको छ।  त्यसैगरी इलाममा इलाम अस्पताल, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र र मंगलबारे स्वास्थ्य केन्द्रमा खोप केन्द्र तोकिएको छ।
उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, पाँचथर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभामा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ।    

प्रदेश- २ 
प्रदेश- २ मा भोली (बुधबार) नै सबै जिल्लामा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने बताइएको छ। त्यसका लागि सबै जिल्लाका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ।

पर्सा, बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा र महोत्तरीमा जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ।

बागमती प्रदेश
बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं उपत्यकामा १७ वटा खोप केन्द्र तोकिएको छ। जसमा काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र तय गरिएको छ। 

यसका साथै दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुरका जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ।

काठमाडौँमा त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रहरी अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र नेपाल मेडिकल कलेज जोरपाटीमा खोप केन्द्र तोकिएको छ।

त्यसैगरी, ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र तोकिएको छ। 

यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पतालमा कोभिड विरुद्धको खोप लगाइनेछ।

गण्डकी प्रदेश 
गण्डकी प्रदेशमा १४ गते नै सबै ११ जिल्लामा कोभिड खोप लगाउने तयारी गरिएको छ।

पहिलो चरणमा १७ हजार ३९६ जनालाई खोप दिइनेछ। पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइनेछ।

म्याग्दी, मनाङ, मुस्ताङ, पर्वत र बागलुङ, गोरखा, लमजङ, स्याङजा, र तनहुँ, नवलपरासी पूर्वमा पनि जिल्ला अस्पतालमा खोप केन्द्र तोकिएको छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका ११ जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुनेछ। ११ मध्ये ६ वटा तराइका जिल्लामा १४ गते र अन्य ५ वटा पहाडी जिल्लामा १७ गते खोप अभियान सुरु हुने बताइएको छ।

बुधबारका लागि रुपन्देही जिल्लाको भीम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल,  कपिलवस्तु अस्पताल, दाङमा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति प्रादेशिक अस्पताल, भेरी अस्पताल बाँके र जिल्ला अस्पताल बर्दियामा खोप केन्द्र तोकिएको छ।

पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा, प्युठानका जिल्ला अस्पतालहरुमा भने १७ गते खोप अभियान सुरु हुने बताइएको छ। लुम्बिनी प्रदेशका जनस्वास्थ्य अधिकृत वरिष्ठ रोशनलाल चौधरीले कति जनालाई लगाउने भन्ने टुंगो नलागेको बताए। 

कर्णाली प्रदेश
कर्णाली प्रदेशका ९ जिल्लामा पनि भाली बुधबारबाट खोप अभियान सुरु हुने बताइएको छ। 

स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काका अनुसार कर्णाली प्रदेशमा पहिलो चरणमा करीब ११ हजार व्यक्तिलाई खोप लगाइँदैछ।

सुर्खेतमा  प्रादेशिक अस्पताल र मेहलकुना अस्पतालमा खोप केन्द्र तोकिएको छ। कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल रुकुम र जिल्ला अस्पताल रुकुममा खोप केन्द्र तय गरिएको छ। त्यसैगरी, सल्यान, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख जिल्ला अस्पतालमा पनि खोप केन्द्र निर्धारण गरिएको छ।

सुदूरपश्चिम प्रदेश
सुदुरपश्चिम प्रदेशका नौ जिल्लाका १० वटा खोप केन्द्रमा १६ हजार ३३८ व्यक्तिलाई खोप दिइने बताइएको छ। 

कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा खोप केन्द्र तोकिएको छ भने बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुरका सदुरमुकाममा रहेका अस्पतालमा खोप केन्द्र तोकिएको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल स्वदेश प्रस्थान
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
मभ्यराति चुनीखेल नयाँबस्तीमा आगलागी : २४ परिवार विस्थापित
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल स्वदेश प्रस्थान बुधबार, माघ २१, २०८२
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा बुधबार, माघ २१, २०८२
मभ्यराति चुनीखेल नयाँबस्तीमा आगलागी : २४ परिवार विस्थापित बुधबार, माघ २१, २०८२
आज अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै बुधबार, माघ २१, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय मंगलबार, माघ २०, २०८२
पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं : रवि लामिछाने मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्