• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदन मासेर सडकमा 'शक्ति देखाउँदै' सरकार

64x64
किशोर दहाल मंगलबार, माघ १३, २०७७  १८:०२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले माघ ९ गते दिउँसो काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो। ठूलो आकारको जनप्रदर्शनबाट उत्साहित सो पक्षका अध्यक्षद्वय प्रचण्ड-माधवले दोस्रो जनआन्दोलनको झझल्को आएको मात्रै बताएनन्, जनताको शक्तिको पनि चर्चा गरे।

रत्नपार्कमा प्रचण्ड-माधव पक्षको सभा सकिएको केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की ब्यांक्वेटमा पेशागत विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गरे। रत्नपार्कको सभामा उपस्थित मानिसलाई ८/१० हजारको आँकडा प्रस्तुत गर्दै उनले त्यो देखेर प्रचण्ड-माधवको भुइँमा खुट्टा नभएको भन्दै व्यंग्य गरे।

‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा, म उहाँहरुलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा। हामी २३ गते अलिकति झलक दिन्छौं, जनपरिचालनको, कास्टिङ गर्छौं, हामी। साँच्चैको जनसभा त्यसपछि आउँछ। जनप्रदर्शन त्यसपछि आउँछ। यसबीचमा हामी अलि व्यस्त भयौं, नत्र हामी उहाँहरुलाई आजको भोलि नै देखाइदिन्थ्यौं, जनसभा कस्तो हुन्छ, जनपरिचालन कस्तो हुन्छ,' ओलीले आफ्नो सम्बोधनमा भने।

सडकमै सभा गरेर अरुलाई देखाइदिने ओलीको शैली 'पञ्चर्‍यालीको दृष्टिकोण' भएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलको विश्लेषण छ।

२३ गतेको आमसभामा लाखौं जनता उपस्थित गराउने लक्ष्य रहेको ओली समूहका बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए। पोखरेल नेतृत्वको सोही कमिटीले सभाको आयोजना गरेको हो।

सडकमै सभा गरेर अरुलाई देखाइदिने ओलीको शैली 'पञ्चर्‍यालीको दृष्टिकोण' भएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलको विश्लेषण छ। उनी ओलीलाई सडकमा मान्छे उतार्न गाह्रो नभएको बताउँछन्। ‘प्रदर्शनमा मान्छे आउँदैनन् भन्ने होइन। सरकार छ, साधन स्रोत छ, प्रदेश सरकारहरु छन्। त्यसैले बसका बस, ट्रकका ट्रक मान्छे काठमाडौं उतारेर ठूलो र्‍याली गर्न सक्ने क्षमता सरकारसँग छ। तर त्यसले सरकारलाई कहीँ पुर्‍याउँदैन। त्यो ‘देखाइदिन्छु’ भन्ने कुरा मात्रै हो’, उनले भने।

बदलाको भाव
सत्ताको नेतृत्व पनि गर्ने र सडकमा पनि उत्रिने शैली तत्कालीन राजा ज्ञानेन्द्रको थियो। २०६१ माघ १९ मा 'कू' गरेपछि उनी देश दौडाहमा लागेका थिए। अर्थात्, आफैं 'फिल्ड'मा उत्रिएका थिए। अहिले ओलीको शैली त्यस्तै छ। पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनी पनि काठमाडौं मात्रै होइन, दाङदेखि धनगढीसम्म पुगेर आफूलाई 'देखाइरहेका' छन्।

प्रतिनिधि सभा विघटन गरेपछि प्रतिरक्षात्मक हुने अपेक्षा गरिए पनि ओली भने आक्रामक देखिन थालेका छन्। अरुलाई अपमानजक भाषा प्रयोग गरेर गालीगलौज गरिरहेका छन्। यस्तो लाग्छ, अरु कोही नेताले असंवैधानिक कदम चालेर गल्ती गरेका छन् र ओलीका आक्रमणमा परेका हुन्।

Ncell 2
Ncell 2

यसअघि प्रधानमन्त्रीको रुपमा देशबासीको नाममा सम्बोधन गर्नेदेखि विभिन्न संगठनमा रहेका आफू निकटको भेलासम्मबाट आलोचकमाथि शाब्दिक प्रहार गर्दै आएका उनी अब सडकमै उत्रिने भएका छन्। माघ २३ गतेको सभामा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको पोखरेलले नेपाल लाइभलाई बताए। ओलीका अतिरिक्त ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल', विष्णु पौडेलले सम्बोधन गर्ने उनले जानकारी दिए। उनीहरु सबै बहालवाला मन्त्री हुन्।

सत्ताको नेतृत्व पनि गर्ने र सडकमा पनि उत्रिने शैली तत्कालीन राजा ज्ञानेन्द्रको थियो। २०६१ माघ १९ मा 'कू' गरेपछि उनी देश दौडाहमा लागेका थिए। अर्थात्, आफैं 'फिल्ड'मा उत्रिएका थिए। अहिले ओलीको शैली त्यस्तै छ। 

काठमाडौंमा गर्ने भेलामा भन्नलाई ओलीमा नयाँ कुरा केही नभएको राजनीतिशास्त्री पोखरेल बताउँछन्। ‘उहाँमा मैले गलत गरें भन्ने आत्मस्वीकृति, ग्लानीबोध देखिँदैन। बरु, मैले नै यो मुलुकका राजनीतिक शक्तिलाई मेरै वरिपरि नचाइरहेको छु, मेरो क्रियाको प्रतिक्रिया दिने बनाइरहेको छु भनेर दम्भ गरिरहनुभएको छ। यसले उहाँलाई झन् निरंकुश र मदान्ध अवस्थामा पुर्‍याउने देख्छु’, उनले भने।

आफ्ना भाषणहरुमा विपक्षीको कडा आलोचना गर्ने ओलीको स्वभाव छ। सामाजिक सञ्जालमा भएको आफ्नो आलोचना वा सञ्चार माध्यमले प्रस्तुत गरेका सामग्रीमा चित्त नबुझेका विषयसम्मलाई उनी भाषणमार्फत जवाफ दिन्छन्। सदनदेखि सडकसम्मका कार्यक्रममा उनको यो शैली सदाबहार छ। प्रधानमन्त्रीले गर्ने भाषणमा अनौठोसँग व्यक्तिगत गाली, कटाक्ष, प्रतिवाद र बदला भाव मिसिन्छ। २३ गतेको आमसभाको विषयमा पनि उनको त्यही बदलाभाव देखिन्छ। ठूलो संख्यामा मानिसहरु उपस्थित गराउन सफल भएको प्रचण्ड-माधव पक्षको आमसभालाई उनले शब्दमार्फत होइन, आमसभामार्फत नै प्रतिवाद गर्न खोजेका छन्। उनले आफ्नो भाषणमा प्रचण्ड-माधवलाई देखाइदिने भनेर स्पष्टै भनेका छन्।

उनी आफ्नो तुष्टि मेट्नका लागि विपक्षीले जुन ठाउँबाट आफूमाथि धावा बोल्यो, त्यहीँ उत्रिने रणनीतिमा देखिन्छन्। माघ ९ गते प्रचण्ड-माधव पक्षले आमसभा गरेको भृकुटीमण्डप-रत्नपार्क आसपासमै माघ २३ गतेका लागि ओली पक्षले कार्यक्रम स्थल छानेको छ। यसअघि उनले कार्की ब्यांक्वेटमा गरेको कार्यक्रमलाई पनि त्यही रुपमा हेरिएको थियो।

आफूहरुको सभा ९ गते प्रचण्ड-माधव पक्षले गरेको सभाको 'काउन्टर'मा भने नभएको ओली समूहका बागमती प्रदेश कमिटीका अध्यक्ष पोखरेलले बताएका छन्। सोमबार आमसभाबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले भने- ‘बागमती प्रदेश संगठन कमिटीले माघ ६ गते नै यो कार्यक्रम सार्वजनिक गरिसकेको छ। यो कसैको विरुद्धमा कसैलाई देखाउने होइन। अहिले मुलुकको वास्तविकता के हो? कसरी यो परिस्थिति उत्पन्न भयो। त्यो कुरा जनतालाई सार्वजनिक मञ्चमार्फत जानकारी दिने उद्देश्यले हाम्रो पार्टीले आमसभा आयोजना गरेको हो।‘

सडक कसको?
आफ्ना कुरा भन्न सरकारसँग अनेक माध्यम हुन्छन्। राज्यका सबैजसो अंगमा उनीहरुको नियन्त्रण र पहुँच हुन्छ। सरकारकै सञ्चार माध्यम हुन्छ। आफ्नो कामको प्रचारका लागि धनराशी र संयन्त्र परिचालन गर्ने सुविधा हुन्छ। सदनको अस्तित्व रहेको अवस्थामा त्यहाँ सरकार पक्षकै बहुमत हुन्छ। जसमार्फत सरकारले आफूले चाहेको कानून बनाएर आफूले चाहेको काम गर्न सक्छ।

रघुजी पन्तलाई प्रश्न- नागरिक आन्दोलनमा किन जानुभयो?

जोसँग यी सबै कुरा हुँदैनन्, सामान्यतया सडक उनीहरुका लागि हो। सरकारका निर्णय, कार्यशैली, योजनाप्रति असन्तुष्टि जनाउन नागरिक सडकमा उत्रिने गरेका छन्। त्यसका अतिरिक्त सरकार समक्ष एकल वा सामूहिक रुपमा आफ्नो कुरा पुर्‍याउने अन्य माध्यम नहुँदा पनि सडकको प्रयोग हुने गरेको छ। केही समयअघि राजधानीमा भएको उखु किसानको प्रदर्शन त्यसकै उदाहरण हो। त्यसअघि डा गोविन्द केसीको सत्याग्रहप्रति समर्थन जनाउन तथा निर्मला पन्तका बलात्कारी र हत्यारा पत्ता लगाउन पनि नागरिकले सडकमै उत्रिएर आफ्नो मत दिएका थिए। 

कतिपय सन्दर्भमा सामूहिक खुसी साट्न पनि नागरिकहरु एकसाथ सडकमा उत्रिन्छन्। आन्दोलनको सफलता वा नागरिकको प्रतीक्षा रहेको ठूलो निर्णय हुँदा त्यस्तो अवस्था देखिन्छ।

सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नागरिक सडकमा छन्। विघटनको विरोधमा रहेका राजनीतिक दल सडकमा छन्। त्यसबाट दबाबमा परेका प्रधानमन्त्री ओलीले आफैं सडकमा उत्रिएर प्रतिवाद गर्ने तरिका अपनाएका छन्। सरकारले संसद्‌मै आफूलाई बलियो साबित गर्ने, सदनकै विश्वासमा अडिएर आफ्नो वैधता सिद्ध गर्ने, आफ्नो कार्यक्रम र लोकप्रियतालाई अध्यावधिक गर्ने प्रचलन हो। तर, प्रधानमन्त्री ओलीले संसद् नै विघटन गरिदिएका छन्। अनि उनी विपक्षीको स्थान पनि कब्जा गर्ने ध्याउन्नमा छन्। २३ गतेको कार्यक्रम त्यसकै उदाहरण हो।

सरकारले संसद्‌मै आफूलाई बलियो सावित गर्ने, सदनकै विश्वासमा अडिएर आफ्नो वैधता सिद्ध गर्ने, आफ्नो कार्यक्रम र लोकप्रियतालाई अध्यावधिक गर्ने प्रचलन हो। तर, प्रधानमन्त्री ओलीले संसद् नै विघटन गरिदिएका छन्। अनि उनी विपक्षीको स्थान पनि कब्जा गर्ने ध्याउन्नमा छन्। २३ गतेको कार्यक्रम त्यसकै उदाहरण हो।

ओलीको 'मसँग पनि पनि जनता छ, मसँग पनि जनमत छ, म पनि एउटा शक्ति हुँ' भनेर देखाउने सोचले सभाको आयोजना गरिएको राजनीतिशास्त्री पोखरेल बताउँछन्। तर, यो सोचले राजनीतिक निकास भने ननिस्किने उनको बुझाइ छ।  ‘प्रधानमन्त्रीको इच्छा अनुसार हुन्थ्यो भने अहिलेको वातावरण निर्वाचनमय हुनुपर्थ्यो। तर, त्यो ओझेलमा पर्‍यो र आन्दोलन प्रमुख भयो। आकलन नगरेको परिस्थिति उत्पन्न भएकोले ओलीमा छटपटाहट उत्पन्न भएको हो। अब म जनमतको अगाडि निरीह भएँ वा हुने अवस्थातिर पुगें, आन्दोलनले मलाई हटाउँछ भन्ने भयले गर्दा पनि आफूलाई बलियो देखाउन प्रदर्शन गर्न खोजिएको हो’, उनले भने।

विश्लेषक उज्ज्वल प्रसाई ओली समूहमा बढेको हताशाका कारण सो समूहले सडकमा आउने निर्णय गरेको बताउँछन्। ‘सडकमा आन्दोलन बलियो हुँदै जान थालेपछि ओली हताश भएका हुन्। उनले नेतृत्व गर्ने र उनको विचारधारासँग निकट रहेका समूहहरु बाहेक अरु सबै उनले मञ्चन गरेको ‘कू’ विरुद्ध मोर्चाबद्ध हुनसक्ने सम्भावना प्रबल बलियो बन्न थाल्यो। सूचनामा पहुँच भएका र राजनीतिक सुझबुझ भएकालाई ओलीका नियत दिनप्रतिदिन स्पष्ट हुन थाल्यो। अब आन्दोलनमा उभार थपिन्छ भन्ने आकलन हुन थाले। ओली समूहमा हताशा बढ्यो। त्यही हताश मनोदशाको परिणाम हो सत्ताधारी ओली समूह सडकमा आउने निर्णय’, उनले भने।

ओलीले सडकमा पनि आफ्नै प्रभुत्व कायम गर्न चाहेको प्रसाईको भनाइ छ। ओलीले आफ्ना समर्थकहरुलाई सत्ताबाट पर धकेलिएका सिमान्त नागरिकहरुसँग भिडाउन चाहेको उनी बताउँछन्। ‘जुन सत्ताले नागरिकलाई आपसमा भिडाउँछ, त्यो सत्ता फासिवादी हुन्छ। सत्ताधारी ओली र उनको समूहले सडकमा शक्ति प्रदर्शन गर्नु भनेको आफू फासीवादी भएको उद्घोष गर्नु हो। ऊ सडकमा आएका दिन आम नागरिकले यो सत्य स्पष्ट बुझ्नुपर्छ’, उनले भने।

आफैं सडकमा उत्रिएर आफैंलाई प्रदर्शन गर्ने तयारीमा रहेको सरकारले शान्तिपूर्ण आन्दोलनमाथि भने तीव्र दमन गरेको छ। सोमबार मात्रै बालुवाटारमा उपस्थित भएर सांकेतिक आन्दोलन गरेका प्रदर्शनकारीलाई पानीको फोहरा र लाठी प्रहार गरेको हो। जसले सरकारको असहिष्णु छवि उजागर गर्छ। 

'शान्तिपूर्ण प्रदर्शनप्रति सरकार नकारात्मक छ भन्ने कुरा प्रधानमन्त्रीको अभिव्यक्ति र अनावश्यक प्रहरी दमनबाट देखिन्छ। सरकारमा 'म जहाँ उभिएँ, त्यहीँबाट लाइन सुरु हुन्छ' भन्ने स्वभाव देखिन्छ। प्रधानमन्त्री मेरो विरोध गर्नेहरु देशद्रोही हुन् भनिरहनुभएको छ। यो निरंकुशताको हद पार गरेको हो', राजनीतिशास्त्री पोखरेल भन्छन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १८:०२
  • #केपीओली
  • #सरकार
  • #सडक
  • #आन्दोलन
  • #सदन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन्। सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना थापाले भनेका छन्, “मध्यपूर्वका केही देशमा उत्पन्न परिस्थितिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभावित पारेको छ। कतिपयले तत्... सोमबार, फागुन १८, २०८२
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल निर्वाचनको तीन दिनअघि विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज होली पर्व मनाइँदै मंगलबार, फागुन १९, २०८२
मौन अवधि सुरु : केके गर्न पाइँदैन ? मंगलबार, फागुन १९, २०८२
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ? मंगलबार, फागुन १९, २०८२
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्