काठमाडौं- प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनप्रति नेपाल राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको बताएको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको हो। माघ १२ गते भएको विरोध प्रदर्शनका क्रममा प्रहरीबाट धरपकड तथा बल प्रयोग गरेको थियो। प्रहरीको बल प्रयोगबाट केही प्रदर्शनकारीहरू घाइते भएका थिए।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने स्वतन्त्रताको सुनिश्चितता गरेकाले त्यसको सम्मान गर्न आयोगले सरकारसँग आग्रह गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।