• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोना प्रभावित व्यवसायलाई दिइने पुनर्कर्जाको आकार बढाएर २ खर्ब पुर्‍याउने तयारी 

चालु आवको ६ महिनामा ८५ अर्ब पुनर्कर्जा स्वीकृत
64x64
हेमन्त जोशी मंगलबार, माघ १३, २०७७  ०६:४४
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको आकार बढाएर दोब्बर बनाउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०७७/०७८ का लागि तोकिएको १ खर्ब बराबरको पुनर्कर्जा रकमलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बढाएर २ खर्ब पुर्‍याउने तयारी राष्ट्र बैंकले गरेको हो। 

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षणका रूपमा राष्ट्र बैंकले यस्तो कर्जा उलपब्ध गराउँदै आएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षका लागि तोकिएको १ खर्ब बराबरको पुनर्कर्जा रकममध्ये ८५ अर्ब रूपैयाँ स्वीकृत भइसकेको छ भने बाँकी १५ अर्ब रूपैयाँका लागि माघ १६ गतेसम्म निवेदन माग गरिएको छ। 

‘बैंकमार्फत् एकमुष्ठ रूपमा परिचालन हुने ५० अर्ब र ग्राहक मूल्यांकनका आधारमा स्वीकृत हुने ३५ अर्ब गरी ८५ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भइसकेको छ,’ भट्टले नेपाल लाइभसँग भने, ‘अब पुनर्कर्जाको सीमा बढाएर २ खर्बसम्म जाने भन्ने छ। बजारमा तरलतालगायतको परिस्थिति हेरेर आवश्यकताका आधारमा राष्ट्र बैंकले यसबारेमा चाँडै निर्णय लिन्छ।’ 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वीकृत भएको ८५ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जामध्ये ७४ अर्ब रूपैयाँ बैंक खातामा गइसकेको पनि प्रवक्ता भट्टले बताए। राष्ट्र बैंकले अन्तिम चरणका लागि माघ १६ सम्म म्याद राखेर पुनर्कर्जा माग आवेदन माग गरिएको छ। गत आर्थिक वर्षमा पुनर्कर्जाको सीमा ४२ अर्ब रूपैयाँ बराबर मात्रै थियो।

तर, सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायत क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले १ खर्ब रूपैयाँसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको थियो।

Ncell 2
Ncell 2

त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाको पुनरावलोकन भएको थियो। 

पुनर्कर्जा सम्बन्धी साविकको व्यवस्थामा परिमार्जन गर्दै राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो। अहिले त्यसलाई पनि बढाएर जाने तयारीमा राष्ट्र बैंक देखिएको छ। राष्ट्र बैंकले उपलब्ध गराउने कुल पुनर्कर्जामध्ये २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्यांकनका आधारमा, ७० प्रतिशतसम्म वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत् र बाँकी १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्फत एकमुष्ठ रुपमा प्रदान गर्ने व्यवस्था मौद्रिक नीतिमा छ। 

यसरी प्रवाह हुने पुनर्कर्जामा निर्यातजन्य उद्योग र रुग्ण उद्योग लगायतका तोकिएका क्षेत्रमा २ प्रतिशत र लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ३ प्रतिशत ब्याजदर तोकिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनर्कर्जामा प्रति ग्राहक लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाको सीमा १५ लाख, विशेष तथा साधारण पुनर्कर्जाको सीमा ५ करोड र ग्राहक अनुसार मूल्यांकनका आधारमा प्रदान गरिने साधारण पुनर्कर्जाको सीमा २० करोड रूपैयाँ हुने व्यवस्था मौद्रिक नीतिमा छ। 

नेपाल राष्ट्र बैंकमार्फत् संचालन हुने यस कोषमा सरकार र सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थान र दातृ निकायबाट प्राप्त हुने रकम रहने छ। नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ अनुसार राष्ट्र बैंकले पुनर्कर्जा जोखिम कोषबाट यो रकम ब्यहोर्दै आएको छ। 

पुनर्कर्जा कोषमा राष्ट्र बैंकको विकास कोषको रकम, संचालक समितिले तोकेका अन्य कोषका रकम, दातृ निकायबाट प्राप्त भएको रकम र सरकारले राष्ट्र बैंकलाई उपलब्ध गराउने रकम रहने व्यवस्था छ।

पुनर्कर्जा कार्यविधिमा बैंक तथा वित्तीय संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म र पुर्नकर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा अन्तर्गत हुने गरि प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ऋणी समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था छ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । बुधबार, पुस ९, २०८२
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. २३ करोड ५२ लाख ७० हज... बुधबार, पुस ९, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बुधबार, पुस ९, २०८२
तीन बुँदे सहमतिसहित उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच चुनावी एकता घोषणा बुधबार, पुस ९, २०८२
जनमत कार्यलयमा सरकारी टोलीको अनुगमन र छलफल बुधबार, पुस ९, २०८२
राप्रपा कार्यालयमा सरकारी टोलीको अनुगमन बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्