काठमाडौं–एफए कप फुटबलको चौथो चरणमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ। लिभरपुललाई ३–२ गोलले हराउँदै युनाइटेड एफए कपको पाँचौ चरणमा प्रवेश गरेको हो।
युनाइटेडका मासोन ग्रिनवोड, मार्कुस राष्फोर्ड र ब्रुनो फर्नान्डेजले गोल गरे। लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरे पनि युनाइटेडलाई रोक्न पर्याप्त बनेन। खेलको १८ औं मिनेटमा गोल गर्दै मोहम्मद सलाहले लिभरपुलाई १–० गोलको अग्रता दिलाए। तर खेलको २६ औं मिनेटमा मासोनले गोल गरेपछि युनाइटेडले १–१ गोलको बराबरी बनाएको थियो।
खेलको ४८ औं मिनेटमा मासोनको एसिस्टमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २–१ गोलको अग्रता दिलाए। ५८ औं मिनेटमा रोबर्टो फिर्मिन्होको एसिस्टमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै २–२ को बराबरीमा ल्याए। तर ७८ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई ३–२ गोलको जित दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।