काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता अनिल शर्मा विरही रिहा भएका छन्। वैशाख २३ चितवनबाट पक्राउ परेका शर्मा आइतबार मोरङबाट रिहा भएका हुन्।
जिल्ला अदालत चितवनले गत जेठमा शर्मालाई रिहा गर्न आदेश दिएको थियो। गम्भीर प्रकारको बिरामी समेत रहेका शर्मालाई चिकित्सकको निगरानीमा राख्न र उनीहरूको सिफारिसबिना स्थानान्तरण नगर्न अदालतले आदेश दिएको थियो।
अदालतको आदेशपछि साधारण तारेखमा छुटेका उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको थियो। शर्मालाई स्काभेटर आगजनी‚ संगठित अपराध‚ एनसेल टावरमा आगजनीलगायतका अभियोग लगाइएको थियो।
शर्मा केन्द्रीय प्रकाशन विभागको जिम्मेवारीमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।