काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता विवादको विषय टुंग्याउन तयारी निर्वाच आयोगले गरेको छ। नेकपाका ओली पक्ष र प्रचण्ड-माधव दुवै पक्षले आफ्नो पक्ष नै आधिकारिक दाबी गरेपछि आयोगले अन्तिम टुंगो लगाउने गरी छलफल सुरु गरेको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
आयोगको कार्यालयमा नेकपाका ओली पक्ष र प्रचण्ड-नेपाल पक्षले उपलब्ध गराएका कागजपत्रका आधारमा छलफल अगाडि बढेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ।
'उहाँहरू (नेकपाका दुवै पक्ष)ले आयोगमा उपलब्ध गराएका विवरण र कागजपत्रका आधारमा हामीले ऐन कानुन अनुसार आवश्यक प्रक्रिया अगाडि बढाएका छौं,' उनले भने, 'सम्भवतः आइतबार नै यो विषयमा केही निर्णय हुन सक्छ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक रुपमा दुई चिरा भएको नेकपाको विवादका विषयमा निर्णय गर्न आयोगले छलफल अगाडि आयोग स्रोले बताएको छ।
प्रधानमन्त्री ओली पक्ष र पुष्पकमल दाहाल-माधव नेपाल पक्षले दुवै नेकपामा आफूहरु नै आधिकारिक रहेको दाबी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।