काठमाडौं- जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा समूह )बीच एकता भएको छ। आइतबार अपराह्न ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा भएको समारोहमा पार्टी एकता घोषणा गरिएको हो।
एकता घोषणा कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुपर्ने कारणमा ओली आफैं स्पष्ट नभएको बताए। सुरुमा पार्टीमा विवाद भएर प्रतिनिधि सभा विघटन गरेको भनेका ओलीले त्यसपछि देशको रक्षाका लागि भनी दाबी गर्न थालेको यादवको भनाइ छ।
प्रतिनिधि सभा विघटनलाई यादवले प्रतिगमनको रुपमा अर्थ्याए। एकता कार्यक्रममा महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।