म्याड्रिड- स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टा भिगोलाई ६-० गोलले पराजित गरेको छ।
आइतबार विहान सम्पन्न खेलमा रियलको जितमा गारेथ बेलले १३ र ३० मिनेटमा गोल गरे। इस्कोले ३२, हाकिमीले ५२ र टोनी क्रुसले ८१ मिनेटमा गोल गर्दा रियलले सानदार जित हात पारेको हो। त्यसअघि सेल्टा भिगोका गोमेजले ८४ मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए।
यता अर्को खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेलाई १-० गोलले पराजित गरेको छ। यो नजितासँगै एट्लेटिको म्याड्रिडले दोस्रो स्थान हात पार्ने सम्भावना बलियो भएको छ।
अन्तिम खेल बाँकी छदा एट्लेटिकोको ७८ र तेस्रो स्थानको रियलको ७५ अंक छ। यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाको २ खेल खेल्न बाँकी छदा ९० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।