काठमाडौं -आईपिएलको आफ्नो डेब्यु खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले विकेट लिदै किफायती बलिङ गरेका छन्। बैंगलोरका ब्याट्सम्मान पार्थिव पटेललाई ६ रनमा आउट गरेका उनले ४ ओभरमा २५ रन मात्र दिए। पटेललाई लामिछानेले एलबिडब्लु धरापमा पारेका थिए।
सन्दीप आबद्ध दिल्लीले बैंगलोरलाई १ सय ८२ रनको लक्ष्य दिएको थियो। दिल्लीले पहिलो ओभरमै सन्दीपलाई बलिङ गराएको थियो। पहिलो ओभरमा उनले २ रन मात्र दिए। आफ्नो दोस्रो ओभरमा उनले विकेट लिएका हुन्। ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिएर १ विकेट लिएका छन्। उनको अन्तिम ओभरमा बैंगलोरका एबि डिभिल्लर्सको ब्याटबाट टप एज लागेर छक्का भएको थियो। सन्दीपको ४ ओभर बलिङमा बैंगलोरका ब्याट्सम्यानले २ चौका र एक छक्का प्रहार गरे।
उनको बलिङ बलिङमा उनको भेरिएसनको आइपिएलमा प्रशंसा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।