काठमाडौं– झापाकी जेसिका गुरुङले योनेक्स सनराईज सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो उपाधिका साथ स्वर्ण हात पार्न सफल भएकी छिन्।
तामाङ परिवारको एकछत्र राजलाई तोड्दै सेमिफाइलनमा नम्बर एक खेलाडी नङशल तामाङलाई पराजित गर्दे फाईनल यात्रा तय गरेकी गुरङ्गले महिला एकलमा तथा यु १९ फाईनलमा सेनाकी रशिला महर्जनमाथी २१।१३, २१।१६ तथा २१।१४, २१।१६ को जित निकाल्दै दोहोरो स्वर्ण हात पार्न सफल भएकी हुन्।
जित पछि गुरुङले जितबाट निकैनै हर्षित भएको र नयाँ प्रशिक्षक तथा नयाँ प्रशिक्षण स्थल प्राप्त गर्नाका कारण प्रतियोगितामा जित निकाल्न सकेको बताइन। गुरुङलाई हाल पूर्व प्रशिक्षक विकास श्रेष्ठले जेष्ट ब्याडमिन्टन एकेडेमीमा प्रशिक्ष प्रदान गर्दै आइरहेका छन्।
गुरुङले महिला एकल तर्फ नगद ५० हजार र यु १९ तर्फ नगद १५ हजार गरि ६५ हजार नगद सहित मेडल प्रमाण पत्रका साथै ट्रफी प्राप्त गरिन्। महिला एकलतर्फ दोश्रो हुने खेलाडीले २५ हजार र तेश्रोले १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै यु १९ तर्फ दोश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ हजार र तेश्रोले ४ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
महिला जोडी तर्फ पनि जितको आशा गरेकी गुरुङ फानलमा सेनाका नङ्शल तामाङ र अनु राईको जोडीसद्दग२१।१६, २१।१८ले पराजित भई रजतमा चित्त बुझाउन बाध्य भईन् । गुरुङको जोडीमा सुनैना मुखिया रहेकी थिइन। विजेता टिमले पहिलो भए बापत २० हजार, दोश्रोले १० र तेश्रोले ५।५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।
एमाले भातृ संगठन खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ आफ्नो जितलाई निरन्तरता प्रदान गर्दै सेनाका रत्नजित तामाङ् विजयी भए । उनले एपिएफका धामी माथी २१।१३ र २१।१२ को जित निकाले यो उनको पुष्पलाल स्मृतीको छैटौं पटकको विजय हो । यसका साथै उनले लगातार जितलाई २५ औं संख्यामा पुर्याए।तामाङले नगद ५० हजार मेडल र ट्रफी प्राप्त गरे। उपविजेता धामीले नगद २५ हजार र तेश्रो हुनेले नगद १०।१० हजार प्राप्त गरे ।
पुरुष जोडी तर्फ सेनाका नम्बर एक रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले सफलता हात पार्यो। तामाङ र श्रेष्ठको जोडीले दिपेश धामी र बिजित थापामगरको जोडीलाई २१।१३, २१।१५ले पाखा लगाउंदै स्वर्ण हात पारेको हो ।
तामाङ र श्रेष्ठको जोडीले नगद २० हजार, धामी र थापा मगरको जोडीले १० हजार र तृतिय हुने टोलीले नगद ५।५ हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुष यु १९ तर्फ सेनाका प्रफुल महर्जनले आफ्नै क्लबका रुकेश महर्जनलाई २१।१६, २१।१८ ले पराजित गर्दै स्वर्ण हात पारे । पहिलोले नगद १५ हजार, दोश्रोले ७ हजार र तेश्रोले नगद ४।४ हजारका साथ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको भेट्रानस जोडी तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी ललितपुरका सुनिल शाक्य र सुगत रत्न शाक्यको जोडी माथि भारी परे । श्रेष्ठ र प्रधानको जोडीले शाक्य जोडीलाई २१।१५, २१।१४ ले जित हात पारे । श्रेष्ठ र प्रधान जोडीले नगद १५ हजार, शाक्य जोडीले १० र तेश्रो हुनेले ५।५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।