इन्दोर– सिजनकै सर्वाधिक रन बनाएको खेलमा कोलकाता नाइटराइडर्सले किंग्स इलावेन पञ्वाजलाई ३१ रनले पराजित गरेको छ।
शनिबार भएको खेलमा २ सय ४६ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १४ रन बनाउदा खेल कोलकताको पक्षमा गएको हो। पञ्जावका लागि लोकेश राहुलले २९ बलमा ६६ र कप्तान रविचन्द्र आस्विनले २२ रनमा ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि सिजनकै सर्वाधिक रन बनाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४५ रन जड्यो। कोलकाताका लागि सुनिल नारिनले ३६ बलमा ७५ रन जोडे। उनले ९ चौका र ४ छक्का प्रहार गरे। कप्तान दिनेश कार्तिकले २३ बलमा ५० रनको योगदान गरे। उनले ५ चौका र ३ छक्का प्रहार गरे।
जितसँगै कोलकाताले १२ खेलबाट १२ अंक जोड्दै अंक तालिको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको पञ्जावको ११ खेलबाट १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।