• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

अदालत भन्छ- 'जेलमा नराख्नू', जेलमै कोचिइरहेछन् ७७ वर्षीय बुद्धिनारायण

64x64
नारायण अधिकारी शुक्रबार, माघ ९, २०७७  १५:४३
1140x725

काठमाडौं- ७७ वर्षीय बयोवृद्ध बुद्धिनारायण डंगोल गएको भदौदेखि केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेका छन्। तर उनी जेलमा राखिनुपर्ने व्यक्ति होइनन्। अदालतले नै उनलाई ‘जेलमा नराख्नू’ भन्ने आदेश दिइसकेको छ।

अदालतले जेलमा नराख्नू भन्दाभन्दै डंगोल किन ६ महिनादेखि जेल बस्नुपर्‍यो? यो प्रश्नको उत्तर जान्न ७ महिनाअघि फर्कनुपर्छ।

साउन १ गते बिहान अन्दाजी ७ बजे। स्थान- बुढानीलकण्ठ नगरपालिका-४, पासिकोट दुप्पा। एक बालिका बिस्कुट किन्न भनेर घरबाट पसल गइन्। तर, उनी लामो समयसम्म घर फर्किइनन्। बालिकका आफन्तले उनको खोजी सुरु गरे। पछि बालिका त भेटिइन् तर अर्धनग्न अवस्थामा।

बालिकाका अभिभावकले दिएको जाहेरीमा लेखिएको छ, ‘छोरी ७७ वर्षीय डंगोलको कोठामा अर्धनग्न अवस्थामा भेटिएकी थिइन्। खाटमाथि पल्टिएकी छोरीलाई डंगोलले हातपात गरिरहेका थिए।’

बालिका बलात्कृत भएको भनेर उनका अभिभावकले डंगोललाई प्रतिवादी बनाउँदै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा त्यसबेला जाहेरी दिए। 

‘जस्ताले छाएको माटोको कच्ची घर। मुलढोका खुलै। घरको भित्तामा टाँसेर राखिएको बिस्तरा सहितको ४ खुट्टे खाट। खाटमा कपडा छरपस्ट। त्यही खाटमाथि एक बालिकालाई बुद्धिनारायण डंगोलले जबरजस्ती करणी गरेको पाइयो,’ प्रहरीले उनीविरुद्ध यस्तो अभियोगपत्र तयार पार्‍यो।

त्यसपछि मुद्दा प्रहरी काठमाडौं जिल्ला अदालत पुग्यो। अदालतमा बयानको क्रममा बालिकाका अभिभावकले भनेका थिए, ‘डंगोलले २० रुपैयाँ दिन्छु भनेर छोरीलाई आफ्नो घर लगेछन् र जबरजस्ती गरेछन्। छोरीले योनीमा घोचेको बताइन्।’

तर, वृद्ध डंगोलले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहे। ८५० रुपैयाँ माग्दा आफूलाई फसाएको दाबी उनको छ। ‘मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। पैसा फिर्ता गर्नुपर्छ भनेर बलात्कारको आरोप लगाइन्,’ अदालतमा बयानको क्रममा उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

एउटै टोलमा बस्ने भएकाले बालिकासँग चिनजान भएको, बेलाबेलामा घर आउने पनि गरेको, सोही विषयमा एक दिन विवाद समेत भएको, साउन १ गते भने उनी कुकुर लिएर हिँड्दै गरेको बेला कुकुरलाई बिस्कुट किन्न भनेर २० रुपैयाँ मागेकाले दिएको, त्यसपछि आफूलाई बालिकाको बारेमा केही जानकारी नभएको डंगोलको भनाइ छ।

आरोपित डंगोलले अपराध स्वीकार गरेनन्। तर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराउँदा भने बालिकाको बलात्कार भएको पुष्टि भयो। 

भदौ पहिलो साता काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले ७७ वर्षीय वृद्ध डंगोललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। डंगोल वृद्ध भएकाले आकर्षित भयो जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३। उक्त ऐन अनुसार उनलाई कारागार राख्न मिल्दैन।

-७७ वर्षीय डंगोललाई जेलमा नराखी हेरचाह गृहमा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश। 

ऐनको दफा १२ को उपदफा (१) को (ग) मा ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई कसुरको अवस्था हेरी ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने, अभियोग दाबी हेर्दा कसुर ठहर भएको खण्डमा अधिकतम २० वर्षसम्म कैद हुनसक्ने उल्लेख छ। उक्त ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ।

Xtrem

Xtrem

ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाह गृहमा राख्नुपर्ने हुन्छ। तर, अहिलेसम्म डंगोललाई केन्द्रीय कारागारमा राखिएको छ।

ऐनको दफा १२ को उपदफा (२) अनुसार उनलाई कारागार राख्न मिल्दैन। अशक्त जेष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेको व्यक्तिलाई अदालतले कसुरको गाम्भीर्य हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न सक्ने व्यवस्था ऐनले गरेको छ। डंगोल पनि ७५ वर्ष नाघिसकेका व्यक्ति भएकाले उनलाई थुनामा नराखी हेरचाह केन्द्रमा राख्नुपर्ने आदेश न्यायाधीश भट्टराईको इजलासले गरेको थियो।

ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाह गृहमा राख्नुपर्ने हुन्छ। तर, अहिलेसम्म डंगोललाई केन्द्रीय कारागारमा राखिएको छ।

यसबारे केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले नेपाल लाइभसँग भने, ‘अब त हैरान भइयो, बुद्धिनारायणका लागि अदालतको आदेश कार्यान्वयन हुने अवस्था देखिएन।’ 

भरपर्दो सुरक्षा व्यवस्था भएको हेरचाह गृह नभेटिएको उनको भनाइ छ। ‘अरु मान्छेजस्तो त्यसै राख्ने अवस्था रहेन। सरकारले नै सञ्चालन गरेको पशुपति वृद्धाश्रममा म आफैं गएर पनि हेरेँ, त्यो पनि भरपर्दो देखिएन। कुनै निजी क्षेत्रले पनि दिन सकेन। अब उनी कारागारमै रहन्छन्,’ बास्कोटाले भने।

कागजमा बन्यो, कार्यान्वयनमा समस्या
जेष्ठ नागरिक सम्बन्धी ऐन आएको १४ वर्ष भइसकेको छ। ऐनमा वृद्धवृद्धाले अपराध गरे जेलमा नराखेर हेरचाह गृहमा राख्नुपर्ने उल्लेख गरिएको छ।

-ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ को व्यवस्था।

ऐनमा नेपाल सरकार वा कुनै व्यक्ति वा प्रचलित कानुन बमोजिम गठन भएको संघ-संस्थाले नेपाल राज्यको कुनै स्थानमा हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्नसक्ने उल्लेख छ। सोही अनुसार हेरचाह केन्द्र स्थापना पनि भएका छन्।

केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले नेपाल लाइभसँग भने, ‘अब त हैरान भइयो, बुद्धिनारायणका लागि अदालतको आदेश कार्यान्वयन हुने अवस्था देखिएन।’ 

तर, ऐनको दफा २० को उपदफा ४ मा ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिकले अपराध गरेमा हेरचाह गृहमा राख्न सकिने उल्लेख गरिए पनि यो प्रयोजनका लागि हेरचाह गृह नबन्दा बुद्धिनारायणले कारागार नै बस्नुपर्ने बाध्यता आएको छ। 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग निजी क्षेत्रले सञ्चालनमा ल्याएका वृद्धाश्रमको तथ्यांक माग गरेर राख्न खोज्दा अपराध गरेको भन्ने जानकारी पाएपछि कुनै वृद्धाश्रमले समेत राख्न नमानेको बास्कोटाको भनाइ छ।

अदालतको आदेशमा हेरचाह गृहमा राख्नु भन्ने छ तर हेरचाह गृह नभएपछि अदालतको अवहेलना हुने भएकोले के गर्न सकिन्छ भनेर जेलर बास्कोटा केही समयअघि अदालत समेत पुगेका थिए। अदालतले ‘आदेश कार्यान्वयन गराउनू’ भनेर पठाए पनि ६ महिना बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्