काठमाडौं– आइपिएल क्रिकेटमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका छन्। सन्दीपले रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका हुन्।
यसअघि देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा सन्दीपले दिल्ली डेयरडेभिल्सको पहिलो रोजाइमा पर्दै शनिबार आइपिएलमा डेब्यू गरेका हुन्। सन्दीप यसअघि दिल्लीका ११ खेलमा पहिलो रोजाइमा पर्न सकेका थिएनन्।
११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ।
सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए। आजको खेलमा प्लेइङ ११ मा सन्दीपसहित ४ विदेशी खेलाडी छन्। ४ विदेशी खेलाडीले मात्र खेल्न पाउने आइपिएलमा आजको खेलमा सन्दीपसहित इंग्ल्यान्डका जासन रोए, न्युजिल्यान्डका ट्रेन्ड बोल्ड र दक्षिण अफ्रिका तीव्र गतिका बलर जुनियर डाला दिल्लीको टिममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।