काठमाडौं–नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आइपिएलको शनिबारको खेलमा टिममा परेका छन्। बैंगलोरविरुद्धको खेलमा उनले दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्।
दिल्लीको १२ औं खेलमा उनले खेल्ने अवसर पाएका हुन्।
दिल्लीले ११ खेल खेल्दा पनि उनी टिममा परेका थिएनन्। दिल्ली अझै गणितिय हिसाबले प्लेअफमा पर्नसक्ने सम्भावना कामयै छ। दिल्लीले ११ मध्ये ३ खेल मात्र जितेको छ। अबका खेल फराकिलो अन्तरले जित्नु आवश्यक छ।
दिल्लीका अब ३ खेल बाँकी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।