काठमाडौं–मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका
एक कार्यकर्ता पेस्तोलसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले शिक्षक श्रेष्ठ हत्या आरोपमा विप्लव मोरङका इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेको हो। उनीसहितका व्यक्तिले मोरङका व्यवसायीहरुसँग धम्क्याउँदै चन्दा माग गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले विकलाई पक्राउ गरेको हो ।
उनको साथबाट पेस्तोल १ थान तथा ३ राउण्ड गोली बरामद भएको मोरङका डिएसपी मानबहादुर राईले बताए। विकसहितको समूहले शिक्षक श्रेष्ठको घाँटी रेटी मंसिर २३ गते हत्या गरेको थियो। श्रेष्ठ मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।