काठमाडौं– युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ। बुधबार राति भएको खेलमा युभेन्टसले फाइनलमा नापोलीलाई २–० गोलले पराजित गर्दै नवौं पटक सुपर कपको उपाधि जितेको हो।
युभेन्टसलाई उपाधि दिलाउने क्रममा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोरटाले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा दुई गोल गर्दै उपाधि जित्यो। यो उपाधि युभेन्टसले जित्ने क्रममा रोनाल्डोले ७६० गोल पूरा गरे।
खेलको ६४ औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई १–० गोलको अग्रता दिलाएका थिए। खेलको अन्तिम समयमा मोरटाले गोल गर्दा नापोलीविरुद्ध युभेन्टसले २–० गोलको जित निकाल्दै उपाधि चुम्यो। नापोली खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा उपाधि जित्नबाट चुक्यो।
सन् १९९५ मा पहिलो पटक उपाधि इटालियन सुपर कपको उपाधि जितेको युभेन्टसले त्यसपछि १९९७, २००२, २००३, २०१२, २०१३, २०१५ र २०१८ मा जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।