काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगको आफू भएको र अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार संगठनको सदस्यको परिचयपत्र समेत देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका-५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने वर्ष ६० को तुलसी थापा छन्। उनलाई प्रहरीले काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धानका गरी कारबाही चलाउन महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
अमेरिकाका लागि ५ वर्षको मल्टिपल भिसा लगाई दिने भनी उनले १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले अमेरिका पठाइदिने आश्वासनमा कोही ठगिएको भए सम्पर्क गर्न समेत भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।