काठमाडौं– फेसबुक म्यासेन्जरमार्फत् युवतीलाई अश्लील भिडियो, फोटो पठाउने एक युवक पक्राउ परेका छन्।
केन्द्रीय साइबर ब्यूरोले अश्लील भिडियो, फोटो पठाई यौन उत्पीडन कार्य गरेको आरोपमा सल्यानको कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रेशम भन्ने रवि शाहीलाई पक्राउ गरेको हो। उनलाई माघ ५ गते सल्यानबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
उनले आफ्नो एक महिला साथीलाई म्यासेन्जरमा अश्लील सामग्री पठाएर हैरानी दिने गरेको ब्यूरोले जनाएको छ। शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेकाले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।