काठमाडौं- काठमाडौंको बल्खु पुलमा पेट्रोलियम ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं-१४ आश्रम मार्गकी ५८ वर्षीया रिता खड्की रहेको प्रहरीले जानकारी दिएको छ।
मंगलबार साँझ ६:४५ बजे कलङकी तर्फ जाँदै गरेकाे ना ७ ख २२०९ नम्बरको ट्यांकरले साेही दिशाबाट आएकाे बा ५४ प ३०१ नम्बरको स्कुटीलाई पछाडि बाट ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनाबाट घाइते खड्कीलाई उपचारका लागि वयाेधा अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा उनको साँझ ७:५५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
खड्कीको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्यांकर र चालकलाई कालीमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।