काठमाडौं- सर्वोच्च अदालतले कृषिमा विदेशी लगानी खोल्ने निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कृषिमा शर्तसहित विदेशी लगानी खोल्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
सर्वोच्चले १५ दिनभित्र कृषिमा विदेशी लगानी खुला गर्नुको कारण पेश गर्न पनि आदेश दिएको छ। अदालतले यो विवाद निरुपण नहुन्जेल कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यान्वयन नगर्न पनि भनेको छ।
सरकारले केही दिनअघि ७५ प्रतिशत निर्यात गर्ने शर्त राखी कृषि क्षेत्रमा पनि विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।