काठमाडौं- प्रतिनिधि सभा विघटन विरुद्ध केस मुण्डनसहित प्रर्दशनमा उत्रेका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा केसमुण्डनसहित कालो पहिरन लगाएर प्रर्दशनमा निस्केका १५ जना नेविसंघ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
ज्ञानेश्वरबाट नाराबाजीसहित कमलपोखरी पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको थियो।
प्रहरीले पदमा भुसाल, प्रशान्त कार्की शतीश साह, रोशन गुप्ता, अनील रिजाल, सुरज दंगाल, सुभम सिंह, अनिश आचार्य, सरोज थापा, करुणसागर सिग्देल, नेत्रविक्रम शाही, कौशल काफ्ले, सुरज लम्साल, राजेन्द्र मैनाली र लक्ष्मण अधिकारी लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।