• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पुष्पकमलमा फेरि देखिएको 'प्रचण्ड' मोह

64x64
किशोर दहाल मंगलबार, माघ ६, २०७७  १६:२४
1140x725

‘(अदालत र निर्वाचन आयोगमा) सेटिङ भइसकेको छ भन्ने केपी र केपी गुटका मान्छेलाई तपाईं हामी क्रान्तिकारीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आयो। यो सामान्य औपचारिकताको कुरा होइन। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसले पुग्दैन। त्यसलाई त उनले गन्नेवालै छैनन्।'

आइतबार आफू निकट विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको आह्वान हो, यो। शाब्दिक रुपमा उनले ‘मांसाहारी’ आन्दोलनका लागि उत्प्रेरित गरेको देखिन्छ। यद्यपि, त्यसको स्वरुप भने स्पष्ट पारेका छैनन्। अबको आन्दोलन यसअघि जस्तो शान्तिपूर्ण र सांकेतिक मात्रै नहुने भने उनको भनाईबाट स्पष्ट भएको छ।

नेकपाको प्रचण्ड-माधव पक्षले माघ ९ गतेका लागि काठमाडौंमा जनप्रदर्शनको आयोजना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति बैठकले प्रदर्शनको खाका तय गरेको हो। आन्दोलनको कार्यक्रम सार्वजनिक भएसँगै पार्टीका शीर्ष नेताहरूले त्यस दिन काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउने सार्वजनिक रुपमै बताइरहेका थिए। प्रचण्डले भने एक कदम अघि बढेर 'शाकाहारी आन्दोलनले नपुग्ने' बताएका हुन्।

'प्रचण्ड' धङधङी
प्रचण्डको राजनीतिक उदय १० वर्षे लामो हिंसात्मक विद्रोहबाट सम्भव भएको हो। २०५२ देखि २०६३ सम्म चलेको सो विद्रोहमा झन्डै १७ हजारले ज्यान गुमाए। उनले सार्वजनिक रुपमै आफूले विद्रोहको क्रममा मारिएका पाँच हजारको मात्रै जिम्मा लिने बताए पनि मृत्युको सम्पूर्ण संख्याले उनलाई पछ्याइरहन्छ। त्यसबाट मुक्त हुन केही गरी सम्भव छैन। तर यस सँगसँगै रहेको अन्य राजनीतिक उपलब्धिको जस पनि मुख्यगरी उनैलाई जान्छ। १० वर्षे विद्रोहको जग र १९ दिने जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षता, संविधान, संघीयता तथा समानुपातिक समावेशी प्रणालीको स्थापना भएको मानिन्छ। यस्ता उपलब्धिलाई संस्थागत गर्नमा नेतृत्वदायी भूमिकामा उनी समेत रहे।

२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएपछिको राजनीतिक चरित्र चित्रण गर्दा उनी पुष्पकमल दाहाल भइसके वा 'प्रचण्ड'कै रुपमा छन् भन्ने कुरा विशेष प्राथमिकतामा पर्ने गरेको छ। शान्तिपूर्ण र मूलधारको राजनीतिको खेलाडी पनि रहेको र आफ्नो क्रान्तिकारिता पूर्ण रुपमा छाडेकाले उनी पुष्पकमलमा अवतरित भइसकेको एकथरीको भनाइ पाइन्छ।

त्यस्तै, बेलाबेला विद्रोहका कुरा गर्ने, कठोर संघर्षको कुरा गर्ने, युद्धकालका धङधङी सम्झना गर्ने भएकाले उनमा 'प्रचण्ड'पन अझै बाँकी छ भन्नेहरू पनि छन्। त्यसैले पुष्पकमल भइसकेको भन्ने र प्रचण्ड भइरहेको भन्ने दुवै पक्षबाट उनी आलोचित छन्।

उनैले ‘मांसाहारी’ आन्दोलनका लागि उत्प्रेरित गर्दा अहिले धेरैको चासो बढेको पाइन्छ। उनी स्वयंले लाठी खान मन भएको बताएका छन्। '९ गते हामी सशक्त रुपमा जाने सोचेका छौं। आन्दोलनको अग्रपंक्तिमा हामी हुन्छौं। हिजो गिरिजाबाबु, माधव नेपाल र झलनाथहरूले लाठी खाएजस्तै मेरो टाउको चिलाइरहेको छ। मलाई लाठी खान मन छ यसपटक', आइतबारको कार्यक्रममा उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यतिमात्र होइन, सोमबार काठमाडौंमै आयोजित अखिल नेपाल महिला संघको भेलामा युद्धकालकै शैलीको झल्को दिने अर्को कुरा गरे। दाहालले भेलालाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै भनेका थिए, 'त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षडयन्त्र गरिँदैछ, त्यसकारण जनअदालतले फैसला सुनाउने दिन आयो।'

‘आन्दोलन शाकाहारी हुँदैन' भनेको त मांसाहारी हुने भनेको हो। अर्थात् विप्लवी र हिंसात्मक खालको आन्दोलन गर्ने भनिएको हो,' हरि रोका भन्छन्। 

उनले सडक आन्दोलनलाई इंगित गरे पनि 'जनअदालत' आफैंमा यस्तो शब्द हो जसले माओवादी युद्धकालको विभत्स तस्बिर अगाडि ल्याइदिन्छ। माओवादीसँग 'जनअदालत'को विगत यसरी जोडिन्छ, जसको 'आदेश'का नाममा 'सफाया' भनेर कैयौं निहत्थाको हत्या गरिएको थियो।

दुई दुई पटक प्रधानमन्त्री भइसकेका शीर्षस्थ नेताले रचनात्मक संघर्षको सामर्थ्य नबुझेको मान्न सकिँदैन। तर उनी त्यता अल्झिन चाहेका छैनन्। बरु, छिटो परिणाम हासिल गर्न विगतको शैलीको परिमार्जित संस्करण उपयोग गर्न खोजेको आकलन गर्न सकिन्छ। जसले उनमा ‘प्रचण्ड’को धङधङी बाँकी देखाउँछ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजनीतिक विश्लेषक हरि रोका भने अब उनी ‘प्रचण्ड’ बन्न नसक्ने बताउँछन्। ‘म त्यो सम्भावना छ जस्तो देख्दिनँ’, उनले भने, ‘उहाँले चाहेर पनि ‘प्रचण्ड’ बन्न सक्नुहुन्न।’

‘मांसाहारी आन्दोलन’को कठिनाइ
पुष्पकमल दाहालको अभिव्यक्तिले अबको विरोध प्रदर्शन बन्द हड्ताल, तोडफोड, झडप, शक्ति प्रदर्शन र अस्तव्यस्तता सहितको हुने स्पष्ट पार्छ। तर यी र यस्ता प्रदर्शनबाट नेपाली समाज थिलथिलो भइसकेको अवस्था छ। पछिल्ला वर्षमा त आम मानिसलाई अहसजता हुने कुनै पनि संघर्ष सफल हुन सकेको छैन। बरु, नयाँ खालका रचनात्मक र प्रविधि मैत्री संघर्षले आम प्रशंसा पाउने गरेका उदाहरण छन्।

यद्यपि, कुनै पनि राजनीतिक संघर्षको स्वरुप परिस्थितिको उपज पनि हो। अन्तिम चरणको संघर्ष ठानिने हिंसात्मक आन्दोलनको चरणमा नेपालको अवस्था पुगिसकेको छैन। कारण, राजनीतिक परिस्थिति जतिसुकै जटिल र अन्यौलपूर्ण भएको भए पनि आफ्ना अभिव्यक्ति राख्न उत्पात कठिन भइसकेको छैन। सामाजिक सञ्जालदेखि आम सञ्चार माध्यमसम्मको पहुँच र अभिव्यक्ति प्रवाह सहज नै छ। सडकमा आएर वा अन्य किसिमले वैध आन्दोलन हुन नसक्ने अवस्था पनि होइन।

‘आन्दोलन शाकाहारी हुँदैन भनेको त मांसाहारी हुने भनेको हो। अर्थात् विप्लवी र हिंसात्मक खालको आन्दोलन गर्ने भनिएको हो। त्यसखालको आन्दोलनको बेला भएको छ जस्तो मलाई लाग्दैन। त्यो त अवस्थाले सिर्जना गर्ने हो। मान्छेलाई महसुस भयो र आवश्यकता बोध गरे भने मात्रै हुने हो’, रोका भन्छन्।

शान्तिपूर्ण र रचनात्मक संघर्षमा सक्रिय पत्रकार तथा बृहत् नागरिक आन्दोलनका एकजना नेतृत्वकर्ता नारायण वाग्ले मांसाहारी आन्दोलन जनताप्रति धोका भएको बताउँछन्। सोमबार तराई मधेस राष्ट्रिय परिषद्‌द्वारा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा वाग्लेले त्यस्तो संघर्षको आफूले भर्त्सना गर्ने बताए।

‘अब उनीहरू मांसाहारी आन्दोलन भन्दैछन्,' प्रचण्ड-माधव समूहलाई लक्षित गर्दै उनले भने, ‘सहिदहरूप्रति त्योभन्दा ठूलो अवमूल्यन अरु केही पनि हुन सक्ने छैन। जसले सार्वजनिक रुपमै मांसाहारी आन्दोलनका लागि जनता उक्साउँदैछ। त्यो भनेको जनताप्रतिको धोका हो। कुनै पनि हिंसात्मक आन्दोलनले नैतिक सामर्थ्य र जनताको सहयोग ल्याउने छैन। त्यसकारण म त्यसको भर्त्सना गर्दछु।’

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्