काठमाडौं–ललितपुरकाे महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा डेरा गरी बस्ने एक दम्पति मृत भेटिएका छन्। चाँगाथलीस्थित रमेश खड्काको घरमा डेरा गरी बस्ने सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन्।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्वल महर्जनका अनुसार बन्द कोठाभित्र उनीहरु मृत भेटिएका थिए। उनीहरुले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोमबार बिहान सागरका बाबुले पटक-पटक फोन गर्दा छोरा बुहारी दुवैकाे फोन नउठेपछि घरबेटीलाई फोन गरेका थिए। घरेबेटी उनीहरुको कोठामा जाँदा ढोका लगाइरहेको थियो। झ्यालबाट चियाएर हेर्दा भुँइमा लडिरहेको देखेपछि प्रहरीलाई खबर भएको थियो ।
त्यसपछि घटनास्थल पुगेको प्रहरीले उनीहरुले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने आशंका गरेको थियो। उनीहरु दुवै जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ। सागर भेटेरिनरीको सामान सप्लाई गर्थे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।