काठमाडौं–टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। शेफिल्डलाई टोटेनहमले ३–१ गोलअन्तरले पराजित गरेको हो।
आइतबार राति लिगको पुछारमा रहेको शेफिल्डलाई सहज रुपमा पराजित गर्ने क्रममा टोटेनहमका सर्ज औरिएर, ह्यारी केन र टांगी एनडोम्बेलेले गोल गरे। शेफिल्डका लागि डभिड म्याकगोलड्रिकले गोल गरे। खेलको पाँचौं मिनेटमा नै सर्ज औरिएरले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। खेलको ४० औं मिनेटमा केनले गोल गरेपछि पहिलो हाफसम्म टोटेनहम २–० गोलले अघि रहेको थियो।
पहिलो हाफसम्म २–० गोलको पछि परेको शेफिल्डका म्याकगालड्रिकले ५९ औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा ल्याए। तर शेफिल्डले लय समात्न सकेन। खेलको ६२ औं मिनेटमा टांगी एनडोम्बेलेले गोल गरेपछि टोटेनहमले शेफिल्डलाई ३–१ गोलले पराजित गरेको हो।
यो जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ। १८ खेलबाट टोटेनहमको ३३ अंक हुँदा पराजित शेफिल्ड भने लिगको पुछारमा छ। शेफिल्डको १९ खेलबाट ५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।