• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुटपछि आइएफआर प्रोसिड्युरमा भारतको असन्तुष्टि

64x64
उत्तम काप्री सोमबार, माघ ५, २०७७  १०:०७
1140x725

काठमाडौं-गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले तयार पारेको आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण)मा भारतीय पक्षले असन्तुष्टि जनाएको छ। विमानस्थलका लागि अत्यावश्यक भैरहवा हवाई प्रवेश बिन्दुमा पहिलेदेखि नै अड्चन थाप्दै आएको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा अर्को विवाद खडा गरेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको आइएफआर प्रोसिड्युरमा भारतले असन्तुष्टि जनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसअघि भारतीय पक्षले जहाजहरू आफ्नाे आकाशबाट नेपाली आकाशमा प्रवेश गर्ने भैरहवाको स्थान (भैरहवा हवाई प्रवेश बिन्दु) नदिनकै लागि २१ हजार फिटमाथिबाट मात्र प्रवेश गर्नुपर्ने शर्त अघि सारेको थियो।

नेपालकाे आइएफआर प्रोसिड्युरमा भारतीय एयर स्पेस (आकाश) परेको भन्दै अवरोध सिर्जना गर्न खोजिएकाे प्राधिकरण स्रोतको भनाइ छ। भारतीय पक्षले क्रस बोर्डर उडानको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासविपरीत अवरोध गर्न खोजेको हो। नेपालकाे आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ।

उक्त विषयलाई लिएर भारतीय पक्षले आफ्नो भूभाग भित्रमात्रै पर्ने गरी आइएफआर प्रोसिड्युर तयार पार्न नेपाली पक्षलाई सुझाव दिएको प्राधिकरणले स्रोतको भनाइ छ। स्रोतका अनुसार भारतकाे विरोधपछि अहिले उक्त विषयमा प्राधिकरणले छलफल गरिरहेको छ। छलफलमा आइएफआर प्रोसिड्युर जसरी बनाए पनि केही भाग भारतीय आकाश प्रयोग हुने निष्कर्ष निकालेको प्राधिकरण स्रोतको दाबी छ।

प्रोसिड्युरमा भारतीय विरोध क्रस बोर्डर (सीमा पार) उडानको विश्वव्यापी मापदण्ड र अभ्यास अनुसार गर्ने गरी दुईपक्षीय छलफल गर्ने तयारी भएको छ। उक्त विषयमा भारतीय पक्षले भने नेपालले प्रयोग गर्न खाजेको आकाशीय क्षेत्रमा  भारतीय सेनाको बेस क्याम्प रहेकाले हवाई मुभमेन्ट गर्न नमिल्ने तर्क गर्दै आएको छ।

‘भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा असन्तुष्टि जनाएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘यसअघि भारतले भैरहवा प्रवेश बिन्दु २१ हजार फिटभन्दा माथिबाट मात्र हुनुपर्ने भनेको थियो। भारतको पछिल्लो असन्तुष्टिसँगै विमानस्थलका काम अघि बढाउन समस्या भएको छ। भैरहवामा निर्माण भइरहेको विमानस्थल सञ्चालनका लागि प्रवेश बिन्दु नदिने भारतीय बुझाइ हुन सक्छ।’

भारतीय पक्षले झन्डै २ वर्षअघि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीका पालामा नै भैरहवाबाट नयाँ प्रवेश बिन्दु दिने विषयमा सहमति गरेको थियो। तर, अधिकारीको मृत्यपछि भने भारतले भैरहवा प्रवेश बिन्दु दिँदा २१ हजार फिट भन्दामाथिबाट मात्रै जहाजले प्रवेश गर्ने गरी दिने बताएको थियो। अहिले आएर भारतले भैरहवा विमानस्थल नै सञ्चालनमा अवरोध गर्ने गरी प्राधिकरणले तयार पारेको आइएफआर प्रोसिड्युरमा विरोध जनाएको हो।

Ncell 2
Ncell 2

नयाँ हवाई प्रवेश बिन्दुबारे अन्याेल यथावत्
भारतीय पक्ष र नेपाल सरकारबीच नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा भएका पुराना सम्झौता उल्लंघन भइसकेका छन्। भारतीय विमानपत्तन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच साढे २ वर्ष अगाडि नै नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा सहमति भएको थियो। 

२०७५ जेठ पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै पश्चिम दिशाबाट नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दु नदिने निष्कर्षमा भारत पुगिसकेको छ। पछि २०७५ असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको महेन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश बिन्दु दिन नसक्ने बताएको थियो। 

२०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश बिन्दुको विषय सुल्झाउन दुवै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर, उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दुबाट प्रवेश नदिने पक्षमा पुगेको थियो।

नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिम नेपालको प्रवेश बिन्दुको सट्टा पूर्वतर्फको विराटनगर, जनकपुर र भैरहवा प्रवेश बिन्दु (२१ हजार फिट भन्दा माथिबाट मात्रै प्रवेश गर्ने गरी) दिने सक्ने अडान भारतीय पक्षले दोहोर्‍याएको थियो।

उक्त समयमा भएको सम्झौतामा नयाँ हवाई प्रवेश बिन्दुका  विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसेसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दु दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गर्दै आएको छ। यो विषय अझसम्म पनि समाधान भइसकेको छैन। 

000

भारतीय पक्षले पश्चिम नेपालको रुट नदिने तर भरैहवा थप गरेर पूर्वतर्फका जनकपुर र विराटनगर प्रवेश बिन्दु दिएर संख्या मात्रै बढाउने रणनीति बनाइरहेको छ।

भारतीय पक्षले एउटा 'सानो मुलुकलाई यति धेरै प्रवेश बिन्दु दिएका छौं' भनेर देखाउन नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको प्रवेश बिन्दु नदिने तर संख्या भने बढेको देखाउने षड्यन्त्र गरेको प्राधिकरण स्रोत बताउँछ।

नेपालका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म अहिलकै प्रवेश बिन्दुले काम चल्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। 'निजगढ विमानस्थलका लागि मात्र जनकपुर प्रवेश बिन्दु आवश्यक हो। तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँको प्रवेश बिन्दु नेपालका लागि आवश्यक छ,' पोखरेलले भने। 

नयाँ हवाई प्रवेश बिन्दुमा ५ वर्ष आलटाल
नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय छलफल सुरु भएको ५ वर्षभन्दा बढी समय बितिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय अझै ओझेलमै छ। 

नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ। यही बाध्यता अन्त्यका लागि भारतीय पक्षसँग भएका सबै प्रयास छलफलमै सीमित भएको छ।

तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणदेखि यो एजेन्डामा निरन्तर छलफल हुँदै आएको छ। जुन विषय अहिलेसम्म पनि यथावत् छ। 

नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दु माग गर्दै आएको थियो। सोहीअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दु दिन भने सहमत छ। तर, नेपालका लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दुमा भने भारत सकारात्मक नभएको हो। 

यसरी सुरु भएको नयाँ प्रवेश बिन्दुको छलफल
२०७३ को पुसमा नै नयाँ हवाई प्रवेश बिन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरेको थियो। तर पछि भारतीय पक्षले बैठक बस्न नै रुचि देखाएन। 

२०७४ असोजमा भारतीय पक्षले फेरि छलफलका लागि नेपाली पक्षलाई वार्तामा बोलाएको थियो। तर, नेपालमा चलिरहेको स्थानीय, प्रदेश र संघको निर्वाचन आचारसंहिताका कारण नेपाली टोली वार्तामा सहभागी हुन सकेन। निर्वाचनलगत्तै नयाँ सरकार गठन भयो।

प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा २०७४ चैतमा भारत भ्रमणमा गए। त्यसबेलाको भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषयमा उच्चस्तरीय छलफल भयो। त्यसबेला नयाँ हवाई प्रवेश बिन्दु प्राविधिक विषय रहेको हुँदा साेही तवरबाट सल्टाउने निर्णय भयो।

त्यसलगत्तै फेरि नरेन्द्र मोदी २०७५ वैशाखमा नेपाल भ्रमणमा आए। भ्रमणमा फेरि नयाँ हवाई प्रवेश बिन्दुको कुरा छलफल भयो। छलफलले तत्कालै नयाँ प्रवेश बिन्दुको विषय टुंगो लगाउने गरी प्राविधिक टोलीलाई काम गर्न निर्देशन दियाे। त्यसलगत्तै गत जेठमा पाँच वटा नयाँ हवाई प्रवेश बिन्दु नेपालका लागि खुल्ला गर्ने गरी दुईपक्षीय प्राविधिक टोलीबीच एमओयू भएको थियो। तर, अन्त्यमा भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीलाई छलफलमा बोलाएर पूर्वतर्फको हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नभए पनि पश्चिमतर्फ दिन नसक्ने जवाफ दिएको थियो।

पश्चिमतर्फका हवाई प्रवेश बिन्दुको फाइदा के?
नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज ’रोमियो ५८१’ रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी पश्चिमबाट आउने जहाजले ’गल्फ ५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भूटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्। 

चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राबो ३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन्। 

यसैगरी नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन्। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।

यसैगरी पूर्वका देश जाने विमानका हकमा भने विराटनगर बिन्दु मात्रै हो। नेपालबाट कोलकाता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दु प्रयोग गर्छन्। भूटानको पारो जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची बिन्दुबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेका छन्।

सिमरा बिन्दुका तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउने जहाजलाई १४ नटिकल माइल, भैरहवा आउने जहाजलाई १ सय ६९ नटिकल माइल र पोखरा जाने जहाजलाई १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ। 

प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडौं, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगञ्ज प्रवेश बिन्दु नै हो। नेपालगञ्ज प्रवेश बिन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो एयर ट्राफिक जाम पनि कम हुने अवस्था आउँछ।

नेपालगञ्जबाट प्रवेश पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्न सक्ने अवस्था आउँछ। 

नेपालगञ्जबाटै दिन नमिल्ने हो भने पश्चिमतिरको अर्को कुनै प्रवेश बिन्दु नेपालको आवश्यकता हो। तर, भारतीय पक्षले यो क्षेत्रमा सेनाको क्याम्प भएका कारण रुटमा असन्तुष्टि व्यक्त गरिरहेको छ। नेपाली पक्षले भने प्राविधिक उपाय अपनाएर भए पनि नेपालगञ्ज बिन्दु दिन भारतसँग माग गरिरहेको छ।

यसैगरी, महेन्द्रनगरबाट प्रवेश बिन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सिधै नेपाल प्रवेश पनि गर्न सक्ने अवस्था हुन्छ। यही रुट हुँदै हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ। नेपाली आकाश प्रयोग गरेबापत् नेपाललाई केही आम्दानी पनि हुन्छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
त्रिभुवन विमानस्थलका आन्तरिक उडान सबै रद्द विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फकासबै उडान रद्द गरिएका हुन् । अन्तररा... शनिबार, असोज १८, २०८२
१६ वर्ष चार महिना १८ दिनको उमेरमा मनास्लु हिमालको सफल आरोहण इलाइट ट्रेक्स एण्ड एक्सपिडिसन प्रबन्धक तथा हिमाल आरोहणबाटै गिनिज बुकमा नाम लेखाएका मिङमा डेभिड शेर्पाका अनुसार उनी सबैभन्दा कम उमेरम... सोमबार, असोज १३, २०८२
नागरिक उड्डयन प्राधिकरणले भन्योः हवाई टिकटमा भाडा नबढाउनू नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने का... शुक्रबार, असोज १०, २०८२
ताजा समाचारसबै
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्