• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : हवाई रुटपछि आइएफआर प्रोसिड्युरमा भारतको असन्तुष्टि

64x64
उत्तम काप्री सोमबार, माघ ५, २०७७  १०:०७
1140x725

काठमाडौं-गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नेपाल सरकारले तयार पारेको आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण)मा भारतीय पक्षले असन्तुष्टि जनाएको छ। विमानस्थलका लागि अत्यावश्यक भैरहवा हवाई प्रवेश बिन्दुमा पहिलेदेखि नै अड्चन थाप्दै आएको भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा अर्को विवाद खडा गरेको हो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको आइएफआर प्रोसिड्युरमा भारतले असन्तुष्टि जनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ। यसअघि भारतीय पक्षले जहाजहरू आफ्नाे आकाशबाट नेपाली आकाशमा प्रवेश गर्ने भैरहवाको स्थान (भैरहवा हवाई प्रवेश बिन्दु) नदिनकै लागि २१ हजार फिटमाथिबाट मात्र प्रवेश गर्नुपर्ने शर्त अघि सारेको थियो।

नेपालकाे आइएफआर प्रोसिड्युरमा भारतीय एयर स्पेस (आकाश) परेको भन्दै अवरोध सिर्जना गर्न खोजिएकाे प्राधिकरण स्रोतको भनाइ छ। भारतीय पक्षले क्रस बोर्डर उडानको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासविपरीत अवरोध गर्न खोजेको हो। नेपालकाे आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ।

उक्त विषयलाई लिएर भारतीय पक्षले आफ्नो भूभाग भित्रमात्रै पर्ने गरी आइएफआर प्रोसिड्युर तयार पार्न नेपाली पक्षलाई सुझाव दिएको प्राधिकरणले स्रोतको भनाइ छ। स्रोतका अनुसार भारतकाे विरोधपछि अहिले उक्त विषयमा प्राधिकरणले छलफल गरिरहेको छ। छलफलमा आइएफआर प्रोसिड्युर जसरी बनाए पनि केही भाग भारतीय आकाश प्रयोग हुने निष्कर्ष निकालेको प्राधिकरण स्रोतको दाबी छ।

प्रोसिड्युरमा भारतीय विरोध क्रस बोर्डर (सीमा पार) उडानको विश्वव्यापी मापदण्ड र अभ्यास अनुसार गर्ने गरी दुईपक्षीय छलफल गर्ने तयारी भएको छ। उक्त विषयमा भारतीय पक्षले भने नेपालले प्रयोग गर्न खाजेको आकाशीय क्षेत्रमा  भारतीय सेनाको बेस क्याम्प रहेकाले हवाई मुभमेन्ट गर्न नमिल्ने तर्क गर्दै आएको छ।

‘भारतीय पक्षले आइएफआर प्रोसिड्युरमा असन्तुष्टि जनाएको छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘यसअघि भारतले भैरहवा प्रवेश बिन्दु २१ हजार फिटभन्दा माथिबाट मात्र हुनुपर्ने भनेको थियो। भारतको पछिल्लो असन्तुष्टिसँगै विमानस्थलका काम अघि बढाउन समस्या भएको छ। भैरहवामा निर्माण भइरहेको विमानस्थल सञ्चालनका लागि प्रवेश बिन्दु नदिने भारतीय बुझाइ हुन सक्छ।’

भारतीय पक्षले झन्डै २ वर्षअघि तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीका पालामा नै भैरहवाबाट नयाँ प्रवेश बिन्दु दिने विषयमा सहमति गरेको थियो। तर, अधिकारीको मृत्यपछि भने भारतले भैरहवा प्रवेश बिन्दु दिँदा २१ हजार फिट भन्दामाथिबाट मात्रै जहाजले प्रवेश गर्ने गरी दिने बताएको थियो। अहिले आएर भारतले भैरहवा विमानस्थल नै सञ्चालनमा अवरोध गर्ने गरी प्राधिकरणले तयार पारेको आइएफआर प्रोसिड्युरमा विरोध जनाएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ हवाई प्रवेश बिन्दुबारे अन्याेल यथावत्
भारतीय पक्ष र नेपाल सरकारबीच नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा भएका पुराना सम्झौता उल्लंघन भइसकेका छन्। भारतीय विमानपत्तन प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच साढे २ वर्ष अगाडि नै नयाँ हवाई प्रवेश बिन्दु थप्ने विषयमा सहमति भएको थियो। 

२०७५ जेठ पहिलो साता भएको दुईपक्षीय सम्झौताको उल्लंघन गर्दै पश्चिम दिशाबाट नेपाल आउने जहाजका लागि नयाँ हवाई प्रवेश बिन्दु नदिने निष्कर्षमा भारत पुगिसकेको छ। पछि २०७५ असोज अन्तिम साता भारतमा भएको दुईपक्षीय प्राविधिक टोलीको छलफलमा भारतीय पक्षले पश्चिम नेपालको महेन्द्रनगरदेखि नेपालगञ्जसम्मको कुनै पनि ठाउँबाट नयाँ प्रवेश बिन्दु दिन नसक्ने बताएको थियो। 

२०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नयाँ हवाई प्रवेश बिन्दुको विषय सुल्झाउन दुवै देशका प्राविधिक टोली खटाउने सहमति भएको थियो। तर, उक्त सहमति भएको ५ महिना पनि नबित्दै भारतीय पक्ष पश्चिम नेपालको कुनै पनि बिन्दुबाट प्रवेश नदिने पक्षमा पुगेको थियो।

Xtrem

Xtrem

नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिम नेपालको प्रवेश बिन्दुको सट्टा पूर्वतर्फको विराटनगर, जनकपुर र भैरहवा प्रवेश बिन्दु (२१ हजार फिट भन्दा माथिबाट मात्रै प्रवेश गर्ने गरी) दिने सक्ने अडान भारतीय पक्षले दोहोर्‍याएको थियो।

उक्त समयमा भएको सम्झौतामा नयाँ हवाई प्रवेश बिन्दुका  विषयमा दुईपक्षीय प्राविधिक टोली मिलेर ‘सेफ्टी एसेसमेन्ट’ गरी टुंगो लगाउने निर्णय भएको थियो। तर, पुनः भारतीय पक्षले विराटनगर र जनकपुरबाट हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नरहे पनि पश्चिम नेपालको नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई प्रवेश बिन्दु दिन भने आर्मी बेस क्याम्पको समस्या रहेको भन्दै आलटाल गर्दै आएको छ। यो विषय अझसम्म पनि समाधान भइसकेको छैन। 

000

भारतीय पक्षले पश्चिम नेपालको रुट नदिने तर भरैहवा थप गरेर पूर्वतर्फका जनकपुर र विराटनगर प्रवेश बिन्दु दिएर संख्या मात्रै बढाउने रणनीति बनाइरहेको छ।

भारतीय पक्षले एउटा 'सानो मुलुकलाई यति धेरै प्रवेश बिन्दु दिएका छौं' भनेर देखाउन नेपालको लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको प्रवेश बिन्दु नदिने तर संख्या भने बढेको देखाउने षड्यन्त्र गरेको प्राधिकरण स्रोत बताउँछ।

नेपालका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म अहिलकै प्रवेश बिन्दुले काम चल्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन्। 'निजगढ विमानस्थलका लागि मात्र जनकपुर प्रवेश बिन्दु आवश्यक हो। तर, अन्य विमानस्थलका लागि पश्चिम नेपालको नेपालगञ्जदेखि महेन्द्रनगरसम्मको कुनै एक ठाउँको प्रवेश बिन्दु नेपालका लागि आवश्यक छ,' पोखरेलले भने। 

नयाँ हवाई प्रवेश बिन्दुमा ५ वर्ष आलटाल
नयाँ हवाई प्रवेश बिन्दुका विषयमा दुईपक्षीय छलफल सुरु भएको ५ वर्षभन्दा बढी समय बितिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले २०१६ डिसेम्बरदेखि छलफल सुरु गरे पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय अझै ओझेलमै छ। 

नयाँ हवाई बिन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गरी काठमाडौं, पोखरा, भैरहवा र निजगढ विमानस्थलमा अवतरण गराउनुपर्ने बाध्यता हुनेछ। यही बाध्यता अन्त्यका लागि भारतीय पक्षसँग भएका सबै प्रयास छलफलमै सीमित भएको छ।

तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणदेखि यो एजेन्डामा निरन्तर छलफल हुँदै आएको छ। जुन विषय अहिलेसम्म पनि यथावत् छ। 

नेपालले भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर बिन्दु माग गर्दै आएको थियो। सोहीअनुसार भारतीय पक्ष जनकपुर र विराटनगर प्रवेश बिन्दु दिन भने सहमत छ। तर, नेपालका लागि सबैभन्दा बढी प्राथमिकतामा रहेको पश्चिमतर्फका देशबाट आउने जहाजका लागि महेन्द्रनगर प्रवेश बिन्दुमा भने भारत सकारात्मक नभएको हो। 

यसरी सुरु भएको नयाँ प्रवेश बिन्दुको छलफल
२०७३ को पुसमा नै नयाँ हवाई प्रवेश बिन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरेको थियो। तर पछि भारतीय पक्षले बैठक बस्न नै रुचि देखाएन। 

२०७४ असोजमा भारतीय पक्षले फेरि छलफलका लागि नेपाली पक्षलाई वार्तामा बोलाएको थियो। तर, नेपालमा चलिरहेको स्थानीय, प्रदेश र संघको निर्वाचन आचारसंहिताका कारण नेपाली टोली वार्तामा सहभागी हुन सकेन। निर्वाचनलगत्तै नयाँ सरकार गठन भयो।

प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तामा २०७४ चैतमा भारत भ्रमणमा गए। त्यसबेलाको भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषयमा उच्चस्तरीय छलफल भयो। त्यसबेला नयाँ हवाई प्रवेश बिन्दु प्राविधिक विषय रहेको हुँदा साेही तवरबाट सल्टाउने निर्णय भयो।

त्यसलगत्तै फेरि नरेन्द्र मोदी २०७५ वैशाखमा नेपाल भ्रमणमा आए। भ्रमणमा फेरि नयाँ हवाई प्रवेश बिन्दुको कुरा छलफल भयो। छलफलले तत्कालै नयाँ प्रवेश बिन्दुको विषय टुंगो लगाउने गरी प्राविधिक टोलीलाई काम गर्न निर्देशन दियाे। त्यसलगत्तै गत जेठमा पाँच वटा नयाँ हवाई प्रवेश बिन्दु नेपालका लागि खुल्ला गर्ने गरी दुईपक्षीय प्राविधिक टोलीबीच एमओयू भएको थियो। तर, अन्त्यमा भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीलाई छलफलमा बोलाएर पूर्वतर्फको हवाई प्रवेश बिन्दु दिन कुनै समस्या नभए पनि पश्चिमतर्फ दिन नसक्ने जवाफ दिएको थियो।

पश्चिमतर्फका हवाई प्रवेश बिन्दुको फाइदा के?
नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायतका देशबाट आउने जहाज ’रोमियो ५८१’ रुट हुँदै सिमराबाट नेपाल प्रवेश गरी काठमाडौं अवतरण गरिरहेका छन्। यसैगरी पश्चिमबाट आउने जहाजले ’गल्फ ५८९’ रुट हुँदै सिमराबाटै काठमाडौं अवतरण गर्छन्। भूटानको पारोबाट आउने जहाज मेची प्रवेश बिन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छन्। 

चीनको ल्हासाबाट आउने जहाज भने ‘ब्राबो ३४५’ रुट हुँदै नुनिम बिन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेका छन्। 

यसैगरी नेपालबाट पश्चिमतर्फका देश र दिल्ली जाने जहाजका लागि भने दुई वटा रुट छन्। एउटा काठमाडौंबाट उडेर भैरहवा हुँदै निस्कने र अर्को काठमाडौंबाट महेन्द्रनगर हुँदै बाहिरिने गरेका छन्। तर, बढी मात्रामा जहाज महेन्द्रनगर भएर बाहिरने गर्छन्।

यसैगरी पूर्वका देश जाने विमानका हकमा भने विराटनगर बिन्दु मात्रै हो। नेपालबाट कोलकाता, हङकङ र कोरिया जाने जहाजले यही बिन्दु प्रयोग गर्छन्। भूटानको पारो जाने विमानले भने काठमाडौंबाट तुम्लिङटार हुँदै मेची बिन्दुबाट बाहिरिने गर्छन् भने चीनको ल्हासा जाने जहाज जुन बाटो भएर आएका छन् त्यही बाटो जाने गरेका छन्।

सिमरा बिन्दुका तुलनामा नेपालगञ्ज प्रवेश बिन्दुबाट काठमाडौं आउने जहाजलाई १४ नटिकल माइल, भैरहवा आउने जहाजलाई १ सय ६९ नटिकल माइल र पोखरा जाने जहाजलाई १ सय ६५ नटिकल माइल दूरी कम पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सिमरा हुँदै आएर अवतरण गर्दा दूरी लामो पर्छ। 

प्रायः पश्चिमबाट आउने जहाज दिल्ली भएर नै आउँछन्। दिल्ली हुँदै आएको जहाज सिमरा हुँदै काठमाडौं, पोखरा, भैरहवा र निजगढ जाने दूरी लामो पर्छ। यी विमानस्थलमा आउने जहाजका लागि सहज र छोटो दूरी नेपालगञ्ज प्रवेश बिन्दु नै हो। नेपालगञ्ज प्रवेश बिन्दु पाएको अवस्थामा एयरलाइन्स कम्पनीलाई पनि दूरी छोटो पर्ने र सिमराको बढ्दो एयर ट्राफिक जाम पनि कम हुने अवस्था आउँछ।

नेपालगञ्जबाट प्रवेश पाएको अवस्थामा उच्च तहबाट आएको जहाज विस्तारै उचाई घटाउँदै पोखरा, भैरहवा, काठमाडौं र निजगढमा अवतरण गर्न सक्ने अवस्था आउँछ। 

नेपालगञ्जबाटै दिन नमिल्ने हो भने पश्चिमतिरको अर्को कुनै प्रवेश बिन्दु नेपालको आवश्यकता हो। तर, भारतीय पक्षले यो क्षेत्रमा सेनाको क्याम्प भएका कारण रुटमा असन्तुष्टि व्यक्त गरिरहेको छ। नेपाली पक्षले भने प्राविधिक उपाय अपनाएर भए पनि नेपालगञ्ज बिन्दु दिन भारतसँग माग गरिरहेको छ।

यसैगरी, महेन्द्रनगरबाट प्रवेश बिन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सिधै नेपाल प्रवेश पनि गर्न सक्ने अवस्था हुन्छ। यही रुट हुँदै हङकङ, कोरिया जाने जहाजलाई पनि दूरी कम हुन्छ। नेपाली आकाश प्रयोग गरेबापत् नेपाललाई केही आम्दानी पनि हुन्छ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्