काठमाडौं- चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। दोलखा भिमेश्वर- ८ घर भएका हाल बौद्ध बस्ने ४१ वर्षीय दिपक श्रेष्ठलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो।
१० जनाको फरक-फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिई हालसम्म फरार रहेका प्रतिवादी श्रेष्ठलाई प्रहरीको विशेष टोलीले शनिबार पक्राउ गरेको हो।
प्रतिवादीलाई थप फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएकोसमेत प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।