काठमाडौं–चन्द्रागिरी नगरपालिका–४ थानकोट घुमाउने बस्ने ५२ वर्षीय होम बहादुर सुधारको हत्या भएको छ।
हत्या आरोपमा अभियोगमा सोही नगरपालिका–२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको भनी रामकृष्णले प्रहरीलाई खबर गरेका थिए। उक्त जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएको थियो। उनको उपचारको क्रममै मृत्यु भयो।
अनुसन्धानको क्रममा प्रहरीलाई घटनाबारे जानकारी गराउने रामकृष्णले नै उनको हत्या गरेको देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। लेनदेनमा विवाद भएपछि रामकृष्णले कोदालोको बिडले प्रहार गरेको खुल्न आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।