बाँके- जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। विसं २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार एक पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ। नेपालगञ्ज-१२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो।
उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो। त्यसलगत्तै उनीहरु फरार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।