काठमाडौं– यौन हिंसाको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पस प्राध्यापक विष्णु आचार्य पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी तथा प्रवक्ता प्रमेश विष्टले आचार्यलाई सामेबार साँझ पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।
एक छात्राले यौन हिंसा गरेको भन्दै आचार्यविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डिएसपी विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।