काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले पृथ्वी नारायण शाहको शालिकअघि उपस्थित भएर पृथ्वी जयन्ती मनाइरहेका नागरिकहरूमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएकी छन्। उनले राष्ट्रिय एकताका प्रतीकमाथि धरपकड गर्ने सरकार नेपालीकै सरकार हो? भन्दै प्रश्न गरेकी छन्।
सोमबार ट्विट गर्दै अभिनेत्री कोइरालाले भनेकी छन्, 'पृथ्वीनारायणको शालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहित नै तैनाथ प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?'
राष्ट्रिय एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय भएको उनको भनाइ छ। 'सरकार र राजनीतिक नेताहरूले सभा वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माताप्रति एक भई श्रद्धाञ्जली दिन पनि नपाउने भन्दै उनले अर्को प्रश्न पनि उठाएकी छन्।
'आम व्यक्तिको भेला हुने मौलिक अधिकार खोसेर सरकार अधिनायकवादतर्फ उन्मुख छ,' उनको ट्विटमा उल्लेख छ।
'राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्नेछ भन्ने सोचेकी थिएँ। तर उस्को व्यवहार ठीक उल्टो देखियो,' उनले गरेका दुई ट्विटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।