काठमाडौँ- केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टीमा केन्द्रीय सदस्यहरूको संख्या १ हजार ५ सय १ पुगेको छ। ओली पक्षले पार्टीका तल्ला कमिटीका लागि जारी गरेको अन्तर पार्टी निर्देशनमा केन्द्रीय सदस्यहरूको संख्या १ हजार ५ सय १ पुगेको उल्लेख छ।
पार्टी विधानलाई संशोधन गरी अध्यक्ष केपी ओलीले आफ्नो अधिकार प्रयोगरी ठूलो संख्यामा केन्द्रीय कमिटी बढाएका हुन्। यसअघि पुस ९ गते बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी एक हजार एक सय ९९ जना पुर्याएको थियो।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पदबाट हटाएपनि अध्यक्षको हैसियतमा भने यथावत् राखिएको छ। पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब अध्यक्ष केपी ओलीमा निहित हुने भएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई यसअघि नै हटाएर प्रदीपकुमार ज्ञवालीलाई राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।