चार जना पूर्वप्रधानन्यायाधीशले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आफ्नो मत राखेका थिए। विज्ञप्ति जारी भएलगत्तै प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशको आलोचना गरेपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुमा समर्थन गर्दै आफ्ना कुरा राखेका हुन्।
‘लामो समय सर्वोच्च न्यायालयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बलसहित सेवाबाट अवकाश लिएका श्रीमानहरूले संविधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समीक्षामा राय दिनु पर्ने हो?’ प्रश्न गर्दै भट्टराईले भनेका छन्, ‘सत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल। ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरूनै हुन्।’
लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका...
Posted by Yogesh Bhattarai on Sunday, January 10, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।