काठमाडौं- नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले सरकारी सञ्चार माध्यमले एउटा गुट विशेषको सेवा गरेको ठहर गरेको छ।
आइतबार बसको बैठकले राज्यको स्रोत साधानलाई एउटा गुटलाई मात्रै प्राथमिकता दिएर समाचार प्रसारण गरेको भन्दै भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सरकारी सञ्चार माध्यमले पार्टीभित्रको एउटा गुटलाई मात्रै प्राथमिकता दिने कार्य तत्काल बन्द गर्न उनले आग्रह गरे।
‘सरकारद्वारा सञ्चालित मिडियाले राज्यको साधन स्रोत दुरुपयोग गरी एउटा गुटको प्रचारजस्तो काम गरेको भन्दै भर्त्सना गरेको छ। ‘एउटा गुटको सेवा गर्ने काम बन्द गरोस् भन्ने आग्रह गरिएको छ‚’ श्रेष्ठले भने। सरकारको प्रतिगामी, असंवैधानिक‚ अलोकतान्त्रिक कदमका विरुद्ध पार्टीका आफ्नो सम्पूर्ण इकाइलाई व्यवस्थित रुपमा परिचालन गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।