काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले आफ्नोविरुद्ध सक्रिय भएको आरोप लगाएका छन्।
राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले आफ्नो विशाल सभाको समाचार र तस्बिर नछापेर विरोधी जमातको मात्र हाइलाइट गरेको बताएका हुन्। उनले भने, 'तपाईंहरु यसो हेर्न सक्नुहुन्छ। सञ्चार माध्यम हेर्न सक्नुहुन्छ। विशाल सभाको फोटो छाप्दैनन्। सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर छाप्छन्।'
उनले सञ्चार माध्यमहरु आफूविरुद्ध प्रयोग भइरहेको पनि आरोप लगाए। आफूलाई ५ वर्ष टिक्न नदिन सञ्चार माध्यम र बुद्धिजिवी वर्ग पनि लागेको उनको बताएका छन्।
उनको आरोप छ, 'मलाई ५ वर्ष सरकार राम्रै चलाउन पाए हुन्थ्यो भन्ने लागेको थियो। तर प्रायोजित अनेक लगानीका सञ्चार माध्यम प्रयोग गरिएको छ। त्यस्तै खालको बुद्धिजिवीको झुण्ड प्रयोग भएको छ। अस्थिरता सिर्जना गर्ने साझा प्रयास भइरहेको छ।'
अस्थिरता चाहनेले प्रधानमन्त्री फेरबदल गर्न खोजेको तर त्यसलाई आफूले विफल पारेको दाबी प्रधानमन्त्री ओलीले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।